प्रजनन् स्वास्थ्य विषयमा छलफल

काठमाडौं । स्वास्थ्य सम्बन्धि दुई दिने छलफल सम्पन्न भएको छ । राजधानीमा आइतबार र सोमबार भएको छलफलमा प्रजनन् स्वास्थ्य, गर्भपतनसम्बन्धी ऐन र मौलिक अधिकारको विषयमा युवा तथा सरकारी संयन्त्रसँग छलफल भएको हो । युथ एक्सन नेपालको आयोजनामा भएको छलफल कार्यक्रममा आइतबार ३० भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो भने सोमबार ५० भन्दा बढी संघसंस्था, सरकारी निकायको पदाधिकारीसँग भएको हो ।

कार्यक्रममा एफडब्लुएलडीका नवीन श्रेष्ठले सुरक्षित गर्भपतन गर्नको लागि सबै युवाहरूले जनचेतना फैलाउनुपर्ने बताए । उनले हाल पनि सुरक्षित गर्भपतन गराउन समाजको लाज, डर र आर्थिक रूपमा सवल नहुँदा समस्या रहेको सुनाए । उनले भने, ‘गर्भपतन मौलिक अधिकार भए पनि यसको प्रयोग गर्न ऐन, नियम बाझिँदा धेरै समस्या छ र यसको कार्यान्वयन पनि फितलो रहेको छ ।’

त्यस्तै कार्यक्रममा युथ एक्सन नेपालकी रूपा उप्रेतीले गर्भपतनको कुरा गर्दै यसको गोपनियतालाई विशेष ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘गर्भपतन गरेको सबै रजिष्टार देखाउन मिल्दैन तर स्वास्थ्य संस्थामा यति जनाले सेवा लिए भनेर तथ्यांक दिन मिल्छ ।’

त्यस्तै कार्यक्रममा हालसम्म नेपालमा लिंगको पहिचान गरेर गर्भपतन गरेको एउटा पनि मुद्दा नपरेको जानकारी दिइएको हो । ऐन बने पनि नियमावली नहुँदा धेरै समस्या भएको कार्यक्रममा उपस्थित रहेका वकिलहरूले जनाएका थिए । त्यस्तै कार्यक्रममा एक वक्ताले गर्भपतनलाई लिएर समाजमा अझै खुलेर कुरा गर्ने अवस्था नरहेको बताए ।

त्यस्तै यसको कार्यान्वयनका लागि स्थानीय तहमा अबको लविङ त्यतातिर हुनुपर्ने कार्यक्रममा उपस्थितिहरूको धारणा रहेको थियो । त्यस्तै आर्थिक स्थिति कम र अशिक्षितमा गरेको अध्ययन अनुसार गर्भवतिहरू ५२ प्रतिशलाई सुरक्षित गर्भपतनको सेवा कहाँ पाइन्छ भन्ने थाहा नै नभएको तथ्यांक रहेको छ ।

त्यस्तै यसको समस्या युवामा कस्तो–कस्तो छ ? अब के गर्नुपर्छ ? अपांगमैत्रीको लागि कस्तो समस्या छ यि र यस्तै विषयमा पनि छलफल भएको थियो । ऐन, प्राधानमा के छ ? कसरी एड्भोकेसी गर्ने ? कसरी स्थानीय स्तरमा लान सकिन्छ ? भन्ने विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा यौनिकता शिक्षाको विषयलाई अनिवार्य बनाइनुपर्ने युवाहरूको धारणा रहेको थियो । त्यस्तै, सेनेटरी प्याडलाई सबै स्थानीय तहमा निःशुल्क पाउने कुरा सकारात्मक भएको बताएका थिए ।

कार्यक्रममा मुलुकी अपराध संहितामा जहिल्यैसुकै गर्भपतन गर्न सक्ने भन्ने रहेको भन्दै ऐनमा बाझिएको जनाए । त्यस्तै पितृसतात्मक सोच भएकाले मानसिक रूपमा नै परिवर्तन गर्नुपर्ने सबैको धारणा थियो ।

प्रतिक्रिया