अल्का अस्पतालमा निःशुल्क स्वास्थ्यशिविर

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसकाअवसरमाआइतबार निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ । ‘स्वस्थ्य मुटु सुरक्षितभविष्य’भन्ने नाराका साथलायन्स क्लवअफ काठमाडौं अल्का र लियो क्लवअफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङगणमा शिविर आयोजना गरेको हो ।

मुटु दिवसकाअवसरमाअल्का अस्पतालले विरामीहरुकालागिविभिन्नल्याव परीक्षणमा छुट दिएको छ । इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्कगरिएकोअल्का अस्पतालले जनाएको छ ।  मुटुरोग सम्बन्धिनिःशुल्क स्वास्थ्यशिविरमाचिकित्सकले सिफारिस गरेका परीक्षणहरु निशुल्कगरिएको अल्का अस्पतालकाप्रमुखकार्यकारी अधिकृत(सिइओ)े दिलिपथापाले बताए। उनका अनुसार निःशुल्क शिविरका जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निशुल्क वितरण गरिएको छ ।

शिविरमाजाँच गरेकाहरुको १४ दिनसम्ममा एक पटक फलो अपमाआउँदाओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ । विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७लाखभन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  नेपालमा भने २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्थांकमा उल्लेख रहेको छ । धुमपान, मद्यमाननगर्ने, चिल्लो पिरो नखाने, माछामासु कमखाने र दैनिकब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया