बैतडी । पछिल्लो समय देशैभर फैलिएको डेंगुरोग नियन्त्रण गर्न केन्द्र तथा स्थानीय सरकार लागिपरेका छन् । बैतडीमा पनि यो रोग नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालय र दशरथचन्द नगरपालिकाले डेंगु रोगसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिकाले सबै वडाका समुदाय समुदायमा डेंगुरोगका लक्षण, यसबाट बच्ने उपायका बारेमा सचेतनामूलक ¥याली गरिरहेको नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताए । यसैगरी स्वास्थ्य कार्यालय बैतडीले पनि जिल्लाभरिका सबै स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा यो रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्न निर्देशन दिएको जनस्वास्थ्य अधिकृत योगेशप्रसाद भट्टले बताए ।
अहिलेसम्म जिल्लामा चार जनामा डेंगुरोग देखिएको छ भने २७ जनामा स्क्रप टाइपस देखिएको छ । नगरपालिकाले जिल्ला अस्पतालमा बिरामीलाई डेंगु चेक गर्ने ४५ किट, २५ स्क्रप टाइपसका चेक गर्ने किट र १० वटा झुल दिएको छ ।
प्रतिक्रिया