गरिबकाे दशा ‘आयो दशैं गरिबलाई रुवाउन’ भिडियाे

काठमाडौँ । हिन्दुहरुको महान चाड बिजय दशमीलाई लक्षित गर्दै गायक घमेश दुलाल र गोमा कोइरालाको आवाजमा ‘आयो दशैं गरिबलाई रुवाउन’ बोलको गीत बजारमा आएको छ ।

उक्त गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने गरिव तथा दुःखी हरुको कथालाई समावेश गरिएको छ । गीतमा दशैं दशा बनेर आएको एक घत लाग्दो कथा बुनिएको छ । गीतलाई समाजको यथार्थ भोगाई र गरिबहरुको पिडालाई समेटेर सर्जक शम्भु नेपालले लय तथा शब्द सिर्जना गरेका छन् ।

भिडियोलाई राज तामाङ, प्रिती तामाङ, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईंको अभिनयले पनि थप सुगन्ध प्रदान गरेको छ ।  मनोज खड्काले सोही भिडियो निर्देशन गरेका हुन् भने छायांकन रबिन बजगाईं तथा सम्पादन प्रकाश (एसके) ले गरेका छन् ।

प्रतिक्रिया