सुदिप र कुशिका मोडल हन्ट

काठमाडौं । पाल्पा रामपुरका २३ वर्षीय सुदिप वस्ती र काठमाडौं कपनकी १८ वर्षीया कुशिका प्रसाईंले ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’ को शीर्ष उपाधि हात परेका छन् । २९ प्रतिस्पर्धीलाई पछि पर्दै वस्ती पुरुषतर्फ र २६ प्रतियोगीलाई पछि पार्दै प्रसाईं युवतीतर्फको बिजेता बन्न सफल भएका हुन् ।

राजधानीको होटल सोल्टीको प्रेक्षालयमा शनिबार साँझ आयोजित अन्तिम स्पर्धामा शीर्ष विजेता बनेका दुवैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्रान्ड मोडल अवार्ड, मिस्टर एन्ड मिस मोडल वल्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विक लगायत अन्तर्राष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अवसरसमेत प्राप्त गरे ।

मोडल हन्ट नेपालको पाँचौँ संस्करणमा संसद शाह, ख्याति शर्मा फस्ट रनरअप र अमन शाह, एलिना भुजु सेकेन्ड रनरअप भए । यो संस्करणसम्म आउँदा प्रतियोगिताको प्रस्तुतिकरण र आयोजनालाई झनै परिष्कृत र स्तरीय बनाउन आफू सफल भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् । परमिता राणा (अभिनेत्री मोडल), उषा खड्गी (पूर्वमिस नेपाल), सृजना रेग्मी (मोडल नायिका), दलजित सुदान (अन्तर्राष्ट्रिय फेसन डिजाइनर), अभिमन्यु सिंह तमोर ( अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर) प्रतियोगिताको निर्णायक रहेका थिए ।

मोडलिङ क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र विस्तारित गर्ने उद्देश्यसमेत रहेको प्रतियोगितामा दिविस सिंखडा, सम्झना रावत बेनिलि मोस्ट इस्टाइलिस, रुपेश दहाल, ख्याति शर्मा गल्ज ब्युटी पार्लर वेस्ट पर्सनालिटी, संसद शाह र कुशिका प्रसाईं फ्लाइटेक वेस्ट वाक, अनिल लिम्बु, सिमोना भट्टराई ओखती मिस्टर एन्ड मिस मल्टिमिडिया, केल्भिन कायस्थ, विभूती उपाध्याय इविजा पब्लिक च्वाइस्, अमन शाह र विभूति उपाध्याय अयत्ना सोसियल्ली रेस्पोन्सिभल, सुदिप वस्ती, एलिना भुजु निस्चल फोटोग्राफी मोस्ट फोटोजेनिक विजेता बने ।

त्यस्तै, ऋतिका श्रेष्ठ र कुसुम रसाइली लुक्सकाट मोस्ट पपुलर, केल्भिन कायस्था, प्रतिष्ठा थापा क्षेत्री नेस्ट मोडल नेपाल अर्गनाइजर्स च्वाइस, सुदिप वस्ती र प्रतिष्ठा थापा क्षेत्री सम्भाला वेस्ट फिजिक र फिगर विजेता बन्न सफल भए ।

प्रतिक्रिया