डेंगुबाट बच्न सचेतना अभियान

मुगु । जिल्लामा डेंगु रोगको संक्रमण हुन नदिन सचेतना अभियान थालिएको छ । गृह मन्त्रालयको निर्देशन अनुरूप जिल्ला प्रहरी कार्यालय मुगुको आयोजनामा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत डेंगु रोगको संक्रमणबाट बच्न एकहप्ते सचेतना अभियान थालिएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।

आइतबार जिल्लाका सरोकारवाला निकायसँग छलफल गरी एकहप्ते डेंगु रोगको संक्रमणबाट बच्न सचेतना अभियानको कार्यक्रम गर्ने निर्णयसमेत गरिएको प्रहरी नायब उपरीक्षक भूवनेश्वरप्रसाद साहले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालको समन्वयमा र जिल्लाका सरोकारवाला निकाय स्थानीय तहको सहयोगमा एकहप्ते डेंगु रोगको संक्रमणबाट बच्न सचेतना अभियान विभिन्न कार्यक्रम गरी प्रभावकारी रूपमा अगाडि बढाइने जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।

डेंगु रोगको नियन्त्रण तथा रोगथामका लागि बजार, गाउँटोलमा सरसफाइ, विद्यालयमा विद्यार्थीलाई डेंगु रोगका बारेमा जानकारी र बच्ने उपाय, प्रभात फेरी, झाडी फडानी, स्थानीय सञ्चारमाध्यमबाट डेंगु रोगका बारेमा सन्देश प्रसारणलगायत सडक नाटक गरी सचेतना अभियान गरिने र लार्भा नस्टको लागि स्प्रे छकिर्ने प्रनाउ साहको भनाइ छ ।

सर्वसाधारणलाई डेंगुको संक्रमणबाट जोगाउने पहिलो उपाय सचेतनाका कार्यक्रम भएकाले सचेतना अभियान थालिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । यसका लागि सबैले आआफनो क्षेत्रमा सचेतना फैलाउन र डेंगु रोगको संक्रमणबाट बच्ने उपायका बारे थाहा नपाएकाहरूलाई जानकारी दिन प्रजिअ घिमिरेले अनुरोधसमेत गरेका छन् ।

यसैबीच मुगुमा अहिलेसम्म डेंगु रोगका बिरामी नभेटिएको जिल्ला अस्पताल मुगुका डाक्टर निर्मल नगरकोटीले बताए । उनका अनुसार डेंगु रोगको संक्रमण भएको शंका लागेमा तुरुन्त जिल्ला असतालमा आई रगत परीक्षण गराउन आग्रहसमेत गरेका छन्ब ।

प्रतिक्रिया