उच्च हिमाली बस्तीमा रावा बैंकको शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका १ धोमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र सांसद जर्नादन शर्माले संयुक्त रूपमा उद्घाटन गरे ।

बैंकले गत आव ०७५÷०७६ मा पाँच अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप एक खर्ब ९० अर्ब रुपैयाँ, कर्जा एक खर्ब ४४ अर्ब रुपैयाँ र बेस रेट ५ दशमलव ५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा दुई सय ३८ वटा शाखा कार्यालय, दुई सय चारओटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया