सहज बन्दै बुढेसकाल

सिन्धुपाल्चोक इन्द्रावतीका गाउँपालिका बोडेका कुलबहादुर माझी र उनको पत्नी पुतली माझी दम्पतीलाई केही समय अघिसम्म आफू वरपरको बाहिरी दुनियाँ कसरी चलेको छ पत्तै थिएन छैन । होस पनि कसरी ? परिवारमा भएका दुवैजनामा मोतिविन्दुको समस्या थियो । ८५ वर्षीय कुलबहादुर र ७१ वर्षीया पुतली माझीका एउटी भएकी छोरी बिहे गरेर गइन् कर्म घर गइन् । छोरी बाहेक उनीहरूका अरू सन्तान पनि छैनन् ।

दुवै बुढाबुढीमा मोतिविन्दु भएका कारण उनीहरू अरूको सहयोगविना हिँडडुल गर्न समेत सक्दैनथिए । माझी दम्पतीलाई कसैले बाहिर राखिदियो बाहिरै बसिरहन्र्थे, घरभित्र राखिदिए घर भित्रै । को आउला र वरपर गराइदेला भन्ने आसमा हुन्थे उनीहरू । हाल खबर के छ ? सोध्न नभ्याउँदै दुवैजनाले एकै स्वरमा जवाफ दिए, ‘के छ होइन, के छैन भनेर सोध्नुस न ।’ उनीहरूको जवाफमा धेरै समस्या लुकेको भान हुन्थ्यो ।

अनेक समस्यासँग पौठाजोरी खेलीरहेका उनीहरूमा एक दिन जिवनका केही आसा पलाएर आए । आफूले भोगिरहेको समस्याबाट कसरी पार पाइएला भनेर बसेका उनीहरूको जीवनमा यस्तै आशाका किरणले खोज्दै घरसम्म आयो । भनिन्छ नी दुःखमा परेकाका लागि कहिलेकाहिँ कोही सहारा बनेर आउँछ । उनीहरूको जिवनमा पनि त्यस्तै भयो

बाहिर सन्सार हेर्न नपाएको उनीहरूलाई केही समयदेखि एक नातिनीले खाना बनाएर ख्वाउने, पानी ल्याइदिने र अन्य आवश्यकीय स्याहार गर्दै आएकी छिन् । नातिनीको सहयोगले जीवन अलिक सहज बनेको थियो उनीहरूको । आफ्नै जीवन कसरी स्वस्थ्य राख्ने भन्ने चिन्तामा रहेको यो दम्पतीले भूकम्पले भत्काएको घर कसरी बनाउन् ? उनीहरूलाई भत्केको पनि एक प्रकारको ठूलै समस्या बनेको थियो । घर बनाउने सामान कसले जुटाइदिने ? कस्ने गरिदिने हेरविचार ? चिन्तामाथि चिन्तामा डुब्नुको विकल्प थिएन यी दुई प्राणीसँग । आफैँ बाहिर निस्केर केही गर्ने अवस्था नभएकाले पनि उनीहरूको समस्या ठूलो बनेको थियो ।

अनेक समस्यासँग पौठाजोरी खेलीरहेका उनीहरूमा एक दिन जिवनका केही आसा पलाएर आए । आफूले भोगिरहेको समस्याबाट कसरी पार पाइएला भनेर बसेका उनीहरूको जीवनमा यस्तै आशाका किरणले खोज्दै घरसम्म आयो । भनिन्छ नी दुःखमा परेकाका लागि कहिलेकाहिँ कोही सहारा बनेर आउँछ । उनीहरूको जिवनमा पनि त्यस्तै भयो ।

भूकम्प प्रभावित सीमान्तकृत माझी समुदायलाई पुनर्निर्माण, जीविकोपार्जन र प्रकोप जोखिम न्यूनीकरणमा सघाइरहेको प्रयास दोस्रो नामक संस्थाका कार्यकर्ता एक दिन उनको घरमा पुगे । दुई दम्पतीले भोगिरहेको अवस्था प्रत्यक्ष देखिसकेपछि यिनका लागि केही गर्नुपर्छ भन्ने भावना उनीहरूमा आयो । त्यसको केही दिनमै मोतिविन्दुको शल्यक्रियाका लागि प्रबन्ध मिलाए उनीहरूले । काभ्रेको बुडोलमा पति पत्नीकै मोतिविन्दुको शल्यक्रिया गरियो । अहिले भने दुवैजना आँखा देख्ने भएका छन् । खुल्ला रूपमा बाहिरी दुनियाँ हेर्न पाएका उनीहरू अहिले दंग छन् ।

लामो समयपछि बाहिरी दुनियाँ सहज रूपमा देख्न थालेको यो दम्पती अहिलेको अवस्थालाई आफ्नो नयाँ जीवनभन्न रुचाउँछन् । कुलबहादुर भन्छन्, ‘प्रयासका बाबु÷नानीहरूले हामीलाई संसार देखाइदिनु भयो उहाँहरूकै कारण आज हामीले आफ्नो अघि के भै रहेकोछ देख्न पाएका छौँ, ।’ आँखाको शल्यक्रिया गर्नु अघि उनीहरू आफ्नै अघि के भइरहको छ पत्तै पाउँदैन थिए । अहिले उनीहरूका लागि खुसीको सिमा छैन । आफ्नो एउटा ठूलो समस्या समाधान भएको ठानेका छन् उनीहरूले । नहुन पनि किन ? दुईपाइला चाल्न अरूको सहयोग चाहिले उनीहरू अहिले आफैँ सहज रूपमा हिँडडुल गर्ने भएका छन् ।

युरोपेली निकायको मानवीय सहायता विभाग (इको) को आर्थिक सहयोगमा केयर नेपाल र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले कार्यान्वयन गरिरहेका प्रयास दोस्रोले यी दम्पतीका लागि त्यति मात्रै गरेको छैन । आँखा देख्ने बनाउनुले मात्रै उनीहरूले आफ्नो काम पूरा भएको ठानेनन् । उनीहरू वृद्ध भएका र सहयोग गर्ने अन्य आफन्त नभएकाले परियोजनाले नै उनीहरूको पूरै जिम्मा लिएर घरसमेत बनाइदिएको छ । सरकारले दिने तीन लाख अनुदानमा प्रयासले ५० हजार थपेर घर बनाइदियो हो । उक्त कार्यक्रमका संयोजक गोपालकृष्ण बस्नेत भन्छन्, ‘उहाँहरूको अवस्था देखेर हामीलाई यति त गर्नैपर्छ भन्ने लाग्यो । त्यसपछि सबैजना मिलेर घर बनाउन सघायौँ ।’ घर निर्माणका बारेमा उनले भने ।

प्रयास दोस्रोले नै सञ्चालन गरेको रिफ्लेक्ट कक्षामा २७ जना विद्यार्थी सहभागी छन् । तीनै विद्यार्थी मिलेर जग खन्ने र ढुंगा बोक्ने काममा सघाएको उनले जानकारी दिए । त्यसपछि प्रयास कै रेखदेख, समन्वय र सहयोगमा यी वृद्ध दम्पतीको घर तयार भएको छ । उनीहरूका लागि अहिले देखिने आँखाको साथै ओत लागने बासको समेत व्यवस्था भएको छ ।

प्रयासकी फिल्ड अफिसर जमुना न्यौपाने भन्छिन्, ‘अब तेस्रो किस्ता आउन बाँकी नै छ । त्यो पैसाले उहाँहरूका लागि शौचालय बनाउनु छ । यसका साथै घर बनाउँदा लिएको उधारो सामानको पैसासमेत तिर्नु छ । उहाँहरूको घर पूर्ण नभएसम्म हामी सघाइरहने छौँ ।’ उनले आफ्ना कामको बारेमा जानकारी गराइन् । उक्त संस्था यी दम्पतीका लागि ठूलो सहयोगी बनेर आएको छ । जसलाई उनीहरू कहिल्यै न भुल्ने बताउँछन् ।

माझी दम्पतीका लागि प्रयासकै सहयोगमा २ वटा भैँसीको पाडो किन्न ३६ हजार ५ सय रुपियाँ समेत उपलब्ध गराएको छ । उक्त रकमले पाडो किनेर हुर्काइँदै रहेको समेत उनले बताइन् । पाडा बेचेर आउने पैसाले बूढेसकालको दैनिकी सहज बनाउन मद्दत पुग्ने आशा आफूमा भएको पुतली माझीले बताइन् । यी पाडालाई पानी खुवाउने, घाँस काट्ने र रेखदेख गर्ने काम चाहिँ तिनै नातिनीले गर्छिन् । पाडा किन्नचाहिँ आफन्तले सहयोग गरेका बताउने पुतली भन्छिन्, ‘साह्रोगाह्रो पर्दा आफन्त, संस्थाका मानिस र वरपरकाले सहयोग गर्छन् । यो हाम्रो लागि ठूलो सहयोग हो ।’ केही समय अघिसम्म आफ्नै अवस्थाले आत्तिएका उनीहरूको जीवन अहिले सहज बन्दै गएको छ ।

सरकारले दिने ज्येष्ठ नागरिक भत्ता पनि यी दम्पतीका लागि राम्रै वैशाखी बन्न सकेको छ । उनीहरूका लागि दैनिक आवश्यक हुने खाद्यान्न समान्यतया आफ्नै उत्पादनले पुग्ने र मासिक आउने ४ हजार भत्ताबाट नून, तेल, मसला, औषधोपचार आदिलाई भरथेग पुगेको उनीहरू एक स्वरमा बताउँछन् । आफ्नो बूढेसकाललाई सहज तुल्याउन प्रयास दोस्रो पुस्ताले पु¥याएको योगदान कहिल्यै नबिर्सने र यसका लागि आफूहरू मरेर गए पनि स्वर्गबाट समेत आशीर्वाद दिइरहने उनीहरू खुसी हुँदै बताउँछन् ।

प्रतिक्रिया