पहिरोमा पुरिएर एकको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका–५ सुवानाउलीका १८ वर्षीय खड्गबहादुर रावतको पहिरोमा पुरिएर मृत्यु भएको छ । छिमेकीको घरबाट फर्कने क्रममा उनको बुधबार राति मृत्यु भएको हो ।

पहिरोमा परेर सोही ठाउँका १७ वर्षीय निमबहादुर रावत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया