नेपालको पर्यटन, आम्दानी र निषेधित क्षेत्र

विश्वका अधिकांश देश र व्यवसायीका लागि कम लगानी र लगभग शून्य जोखिममा आमदानीको राम्रो स्रोत मानिएको उद्योग सम्भवतः पर्यटन उद्योग नै हो । अझ विश्वका प्रायः सबै देशका सरकारहरूले त पर्यटन र पर्यटककै लागि भनेर केही गर्नै पर्दैन, नियमन गर्ने कर लिनेबाहेक ।

हाल आएर हिसाब गर्ने हो भने, औपचारिक रूपमा विश्वमा पर्यटन व्यवसाय सुरु भएको वा भनौँ पर्यटनको इतिहास लगभग एकसय ७८÷७९ वर्षको भएको छ । सर्वप्रथम सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रूपले र निश्चित रकम लिएर मानिसहरूलाई देश÷विदेश घुमाउन सुरु गरेका थिए । त्यसअघि पनि संसारका अनेक मान्छेहरूले अनेकौँ भूभागको भ्रमण गर्थे÷गरेका थिए । तर, ती मान्छेहरूले गर्ने भ्रमणहरू केही न केही उदेश्य लिएर हुने गथ्र्यो । जस्तै मार्कोपोलो, क्रिस्टोफर कोलम्बस, इकाई कावागुची, सिकन्दर महान, अलेक्जेन्डर द ग्रेट, फाहियान आदिको भ्रमणहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ ।

सन् २०१५ मा नियन्त्रित र निषेधित क्षेत्रमा जाने पर्यटकको संख्या लगभग १२ हजारको संख्यामा थियो भने सन् २०१६ मा झण्डै दोब्बरले बढेर २३ हजार ५ सय ६९ जना पुगेको छ । हाल सो संख्याम ठूलो बढोत्तरी भएको छ । हुन पनि सुरुमा चीनको स्वशासित क्षेत्र तिब्बतमा कुनै पनि विदेशीहरू पर्यटकको भेषमा गएर ती क्षेत्रमा केही गडबडी गर्लान् कि ? भनेर चीन सरकारको अनुरोधमा त्यो वेला नेपालले नियन्त्रित र निषेधित क्षेत्र तोकेको थियो । तर अब त्यो अवस्था छैन 

त्यसैले, बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै किन पहिलो पर्यटकीय टोली मानियो ? भन्नेतर्फ यहाँ थोरै चर्चा गरौँ । किनभने, थोमस कुकले सुरुमा आफ्नै मुलुक बेलायतका पर्यटकहरूलाई आफ्नै मुलुकको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटकको रूपमा ( राजनीतिक, धार्मिक, आर्थिकलगायत विनास्वार्थको) भ्रमणको सुरुवात गराए । जसको पर्यटकीयबाहेक अरू कुनै उदेश्य थिएन ।

कुनै नाफा वा व्यक्तिगत स्वार्थ नलिई गराएको भ्रमण भएकोले थोमस कुकले सुरु गरेको भ्रमण टोलीलाई ‘प्रथम पर्यटकीय टोली’ मानियो । यसरी आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर कुकले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरेका थिए । सोही कारणले गर्दा पर्यटन क्षेत्रमा थोमस कुकलाई पर्यटनको सुरुवातकर्ता मात्रै होइन, पर्यटनको ‘पिता’ नै मान्ने गरिएको छ ।

के भनिन्छ भने, सुरुमा कुकले दीर्घकालीन योजनाविनै भ्रमण व्यवसाय सुरु गरेकाले उक्त व्यवसायबाट उनले नाफा होइन, घाटा खाए । यसरी घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा ) खमिसन खान्थे । यसरी उनले सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।

यसरी आन्तरिक रूपमा सुरु गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा दशजना बेलायती नागरिकहरूलाई लिएर पर्यटकीय उद्देश्यका साथ विश्वका विभिन्न देशहरूमा भ्रमण गर्न निस्किए । यसरी लगभग एक सय ७६ वर्षअघि थोमस कुकले दशजना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उदेश्यले घुम्न निस्किए यता विश्वका अधिकांश मुलुकका अरबौँ मानिसले विश्वका अधिकांश देशको पर्यटकीय स्थलको भ्रमण गरिसकेका छन् ।

यता नेपालमा भने लामो समयसम्म (१०४ वर्षे राणा शासनकालमा) विदेशीहरूलाई भ्रमण गर्न बन्देज लगाएकोले पर्यटनले फस्टाउने अवसर पाएन । जसको असर हालसम्म पनि परिरहेको छ भन्दा फरक पर्दैन । २०१७ सालको राजनैतिक परिवर्तनपछि केही विदेशीले अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरवात गरे । खासगरी सुरुमा बेलायती, जर्मन, जापानिज, स्वीस, रुसी, फ्रान्सिसी आदि विदेशीले नेपालको पर्यटन प्रवद्र्घन गर्नमा योगदान गरेको देखिन्छ । ती विदेशी जो नेपाल आएर बसेका थिए, उनीहरू सुरुमा शुद्घ पर्यटन व्यवसायीभन्दा पनि कुनै न कुनै उद्देश्यले नेपाल आएर बसेका थिए ।

तापनि नेपालको पर्यटनको विदेशमा प्रचार–प्रसार र पर्यटन बजारको विस्तार गर्नमा विदेशीबाटै भएको हामीले स्वीकार्नु पर्ने हुन्छ । तीसवर्षे पञ्चायतीकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनुपर्ने हो, त्यति भएन । सन् १९८९÷९० मा आएको प्रजातन्त्रसँगै नेपाली पर्यटनले पनि गति लिन थाल्यो । हुन त नेपाल सरकारले पर्यटकलाई अनुमति दिएबापत उनीहरूबाट मनग्ये शुल्क असुल्नेबाहेक केही गरेन भन्ने गुनासो पनि व्यापक छँदैछ ।

झन्, निषेधित क्षेत्रबाट त अनपेक्षित महँगो शुल्क लिने गरेको तथ्य छिपेको छैन । त्यसो त सरकारले पर्यटन बोर्ड गठन गरेर पर्यटनलाई छुट्टै महत्व र गति दिने प्रयास गरेझैं लाग्छ । यता नेपाल जताभावी टे«किङ गर्ने÷गराउने स्वदेशी÷विदेशी टुर अपरेटर, होटल व्यवसायी, व्यक्ति आदिलाई कडाइका साथ नियम कानुनको दायराभित्र नल्याएसम्म पर्यटन क्षेत्र (खासगरी पदयात्रा, जलयात्रा र पर्वतारोहण लगायत क्षेत्र) मा रोजगारी बढ्ने सम्भावना देखिँदैन ।

अर्को कुरो नेपालको निषेधित र नियन्त्रित क्षेत्र (खासगरी निषेधित क्षेत्रकाबारेमा) बारेमा हालै एक दैनिकमा छापिएको समाचार अनुसार पर्यटन मन्त्रालयले नेपालका पूर्वी हिमाली जिल्ला ताप्लेजुङको कन्चनजंघादेखि सुदूर पश्चिमको बझाङ, दार्चुलासम्मका नियन्त्रित र निषेधित क्षेत्र खुल्ला गर्नका लागि कार्य गर्दैछ भने यसका लागि गृह मन्त्रालयको अनुमति चाहिने भएकोले गृह मन्त्रालयसँग संँग कुरो भइरहेको छ । त्यस्तै, यसमा व्यवस्थापिका–संसद्अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि नेपाल सरकारले तोकेको नियन्त्रित र निषेधित क्षेत्रमा लिने विशेष शुल्क पुनरावलोकन गर्न पर्यटन र गृह (दुवै मन्त्रालय) लाई निर्देशन दिइसकेको बुझिन्छ ।

यसरी त्यो वेला तत्कालीन श्री ५ को सरकारले तोकेको नियन्त्रित र निषेधित क्षेत्रहरूमा संखुवासभाको हटिया, किमाथांका, मकालु क्षेत्र, दोलखाको गौरीशंकर, लामाबगर क्षेत्र, धादिङ÷नुवाकोट÷रसुवाको गणेश हिमाल क्षेत्र र तामाङ सम्पदा–टिमुरे क्षेत्र, गोरखाको चुम उपत्यका, छेकम्पार र मनास्लु क्षेत्र, मनाङको नार र फु क्षेत्र, मुस्ताङको माथिल्लो मुस्ताङ, डोल्पाको तल्लो र माथिल्लो डोल्पा क्षेत्र, मुगुको माङ्ग्री, पुलु क्षेत्र, हुम्लाको यारी, सिमीकोट क्षेत्र, बझाङको साईपाल, धुली क्षेत्र र दार्चुलाको तिंकर भञ्ज्याङ र व्यास क्षेत्र आदि छन् ।

सुरुमा यी क्षेत्रमा भ्रमण गर्न जाने प्रत्येक विदेशी पर्यटकबाट सरकारले सुरुमा सातसय अमेरिकी डलर सलामी रकम लिन्थ्यो भने साथमा सरकारी सम्पर्क अधिकारी पनि लानैपर्ने बाध्यतात्मक व्यवस्था थियो । भलै कतिपय अवस्थामा सम्पर्क अधिकृतहरू पर्यटकसँग पैसा बुझ्ने अनि ‘फलानो देशको फलानो, फलानो नाम गरेको पर्यटकहरू आउँदै छन्, ती पर्यटकलाई बिना रोकटोक जान दिनु होला ।’ भनी प्रहरी चौकीलाई चिठी लेखेर पठाउने र आफू फर्कने गरेकाले गर्दा सुरुदेखि नै सम्पर्क अधिकृतको विरोध भएको थियो ।

ती क्षेत्रको संवेदनशीलतालाई ख्याल गरेर सुरुदेखि अन्तसम्मै पर्यटक सँग–सँगै हिँड्ने सम्पर्क अधिकृतको व्यवस्था गरिनुपथ्र्यो । त्यसका लागि उत्तम उपाय भनेको सरकारी कर्मचारीभन्दा ट्रेकिङ गाइडहरूलाई नै आधारभूत तालिम दिएर खटाउन सकिन्थ्यो । जे होस्, पर्यटक र पर्यटन व्यवसायीहरूको लामो समयको विरोधपछि सम्पर्क अधिकृतको व्यवस्था हाल हटिसकेको छ भने पर्यटकलाई लाग्ने दस्तुर पनि सातसय अमेरिकी डलरबाट पाँचसय डलरमा झरेको छ । कतिपय नियन्त्रित र निषेधित क्षेत्रमा विदेशी पर्यटकले भ्रमण गर्न चाहने विदेशी पर्यटकबाट लिने विशेष शुल्क (सलामी) आधाभन्दा बढी घटेको छ । फलतः हाल नियन्त्रित र निषेधित क्षेत्रमा जाने पर्यटकको संख्या पनि बढ्दो क्रममा छ ।

सन् २०१५ मा नियन्त्रित र निषेधित क्षेत्रमा जाने पर्यटकको संख्या लगभग १२ हजारको संख्यामा थियो भने सन् २०१६ मा झण्डै दोब्बरले बढेर २३ हजार ५ सय ६९ जना पुगेको छ । हाल सो संख्याम ठूलो बढोत्तरी भएको छ । हुन पनि सुरुमा चीनको स्वशासित क्षेत्र तिब्बतमा कुनै पनि विदेशीहरू पर्यटकको भेषमा गएर ती क्षेत्रमा केही गडबडी गर्लान् कि ? भनेर चीन सरकारको अनुरोधमा त्यो वेला नेपालले नियन्त्रित र निषेधित क्षेत्र तोकेको थियो । तर अब त्यो अवस्था छैन । हाल चीन आफैँले बर्सेनि २०÷२५ लाख विदेशी पर्यटक तिब्बत भित्र्याउँछ । त्यसैले, नेपालले पनि माथि उल्लेखित क्षेत्रहरूमा केही खुकुलो व्यवस्था गरेर विदेशी पर्यटकको संख्या र आम्दानी बढाउनेतिर ध्यान दिन ढिला गर्नु हुँदैन ।

[email protected]

प्रतिक्रिया