खोजखबर

नीलगाई मृत फेला

सौर्य अनलाइन २०७६ भदौ २४ गते १२:०१ मा प्रकाशित

जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिकामा आज जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार वडा नं २ इटहर्वा गाउँको वनमा निलगाई मृतावस्थामा फेला परेको हो ।

इटहर्वाको वनमा रहेको स्थानीय ललन सिंहको उखु बारीमा नीलगाई मृतावस्थामा फेला परेको हो । सो नीलगाईलाई प्रहरी चौकी मनराबाट खटी गएको टोलीले स्थलगत मुचुल्का तयार पारी सोही ठाउँमा खाल्डो खनेर गाडेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय