कलाकारितामा रमेकी शर्मिला

काठमाडौँ । सर्जक तथा गायिका शर्मिला तामाङ सिन्धुपाल्चोक जिल्लामा जन्मेकी हुन् । बुवा गोबिन्द बहादुर श्रेष्ठ र आमा गककुमारी श्रेष्ठको कोखबाट जन्मिएकी उनि सानै उमेरबाट गीत संगीत मन पर्ने र गीत गाउने तथा लेख्ने गरेको बताउँछिन् । गीत संगीत एउटा दुख या सुखको संगम पनि हो ।

संगीत बिना मानिसको जिवन अपुरो हुन्छ भन्ने गरिन्छ । त्यस्तै कलाकार राष्ट्रका गहना पनि भन्ने गरिन्छ । शर्मिला तामाङ पनि अहिले गीत लेख्ने मात्र नभइ गाउनसमेत थालेकी छन् ।

‘पिरतीको डोरीले बेरम बेरम भो’, ‘पान खायो मायाले चुना हालेर’, ‘पहले भेट हुन्थ्यो दाउरा घाँस सोतरमा अहिले भेट हुन्छ फेसबुक र ट्यीइटरमालगाएत एक दर्जन बढी गीतमा उनले आफ्नो सब्द कोरीसकेकी छन् । उनले लेखेका गीत मध्ये ‘पान खायो मायाले चुना हालेर’ छोटो समयमै चर्चा बटुल्न सफल भएको गीत हो ।

त्यस्तै गरि अञ्जलि अधिकारी र अनुराग ठकुरी अभिनित राजेश बर्देवा र सहिमा श्रेष्ठले गाएको ‘पहिला पहिला’ पनि लगत्तै आएको अर्को लोकपप दोहोरी मिश्रित गीत हो । मिठो बोली असल स्वभाव र सहयोगी भावना भएकी सर्जक तथा गायिका शर्मिला अहिले जापान बसेर कलम चलाइरहेकी छन् । नेपाली मन परदेशी तन भएकी उनि आफ्नो कर्मसहित गीत संगीतलाई निकै समय दिएकी छन् ।

लोक दोहोरी, आधुनिक र पप सबै बिधामा कलम चलाउने शर्मिला ले बाचुन्जेल गीत र कला क्षेत्रमै निरन्तरता दिने बताउँछिन् । मान्छेको जिवनमा आउने हरेक उत्तराचढापलाइ सामाना गर्दै गीत संगीतलाइ निरन्तरता दिने उनको भनाइ छ, ‘सहकार्य गर्दै जानेछु गीत संगीत साथै समाजसेवा गर्ने पनि सोच छ ।’ अहिले उनको तामाङ सेलो गीत ठुली कान्छी बजारमा आएको छ ।

प्रतिक्रिया