अपराधमा हनि ट्यापिङ ।

प्राकृतिक रुपमा विपरित लैङ्गिय आकर्षणलाई कुनै पनि हालतमा अन्यथा लिन मिल्दैन । यसै वस्तुगत तथ्यलाई आधार मानी अनैतिक तवरबाट आर्थिक, सामाजिक, एवं राजनीतिको क्षेत्रमा अपराध अभिबृद्धि गर्ने कुत्सित नियतले कार्य गर्ने चेष्टा गरीन्छ भने, त्यस परीस्थितीमा सामाजिक परीवेश भित्र आपराधिक तत्वको वाहुल्यता वढन गई विकृतीजन्य ब्यवहारको जन्म हुनेछ । यस प्रकारका अनैतिक ब्यवहारमा विश्वका अन्य मुलक जस्तै नेपाल पनि अछुतो रहन सकेको छैन ।

तसर्थ यस प्रवृतिलाई अपराधको संज्ञा दिदै समस्या समाधानमा विशेष शर्तकता अपनाउनु पर्ने हुन्छ । समाज विरोधी प्रस्तुत कार्यलाई क्रमश निस्तेज पार्दै राज्यका तर्फबाट आवश्यक रणनीति सहितको विशेष पहलकदमीको सदैब आवश्यकता रहन्छ । जसले केहि हदसम्म भए पनि राज्य उपस्थितीको अनुभूती आम नागरिक समाजलाई दिनको साथै सुरक्षाको प्रत्याभूती कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

समाज विरोधी आपराधिक कृयाकलापलाई अभिबृद्धि गर्न÷गराउन नारी सौन्दर्यलाई गलत अर्थमा प्रस्तुत गरी गरीने अपराध कर्म नैै केहिहद सम्म हनि टपिङ्गका क्षेत्राधिकारका भित्रका विषयहरु हुन् । जसमा सहयोगीको रुपमा आधुनिक सञ्चार प्रविधीले पनि प्रत्यक्ष वा परोक्ष रुपमा काम गरेको पाईन्छ । तसर्थः सञ्चारका माध्यमलाई नकारात्मक प्रभावको जालोबाट पृथक राख्नु नै आफु र आफ्नो समुहलाई आपराधिक कृयाकलापबाट सकुशल मुक्त गराउनु हो ।

समाज विरोधी अपराधिक समुहले सहजै आफ्नो स्वार्थपूर्ति नहुने परीस्थितीको निर्माण भए अवस्था हेरी हनि ट्यापिङको विधीलाई प्रयोग गर्न पछि पर्ने छैनन् । त्यसो भएको हुदा कुनै पनि पुरुष वा महिला मित्रले आफ्नो नैतिकताबाट च्यूत रहने प्रयत्न गर्नु हुदैन । किनकि यस प्रकारका क्रीयाकलापमा अपवादको रुपमा सुन्दर पुरुषको प्रयोग हुदैन भन्ने कुराको ग्यारेण्टी कसले प्रदान गर्न सक्छ र ?

गलत मनसाययूक्त ब्यवहारको कारण अवाञ्चित क्रियाकलापमा लाग्ने ब्यक्ति वा समुह विशेषले अनेकन हत्कण्डाहरुको प्रयोग गर्दै मानसिक वा शारिरिक रुपमै आफ्नो समुहको नकारात्मक प्रभावमा समाहित गराई अभिष्ट पुरा गर्ने चेष्टा गरीन्छ । यो नै आजको आपराधीक दुनियाको नया† र नौलो प्रविधी हो जसमा नारी सौन्दर्यलाई साम, दाम, दण्ड, भेदको रणनीति अख्तियार गर्र्दै उपयोग गर्न खोजीन्छ भन,े त्यहा† हनि टपिङ्गजस्ता गतिधिबीधिले आफ्नो उद्देश्य पुरा गरेको मान्न सकिने अवस्था कायम रहन्छ ।

समाज विरोधी अपराधिक समुहले सहजै आफ्नो स्वार्थपूर्ति नहुने परीस्थितीको निर्माण भए अवस्था हेरी हनि ट्यापिङको विधीलाई प्रयोग गर्न पछि पर्ने छैनन् । त्यसो भएको हुदा कुनै पनि पुरुष वा महिला मित्रले आफ्नो नैतिकताबाट च्यूत रहने प्रयत्न गर्नु हुदैन । किनकि यस प्रकारका क्रीयाकलापमा अपवादको रुपमा सुन्दर पुरुषको प्रयोग हुदैन भन्ने कुराको ग्यारेण्टी कसले प्रदान गर्न सक्छ र ? विषेश गरी यस प्रवृतिको चलखेल आजभोली आर्थिक अपराधको क्षेत्रमा अत्यधिक रुपमा प्रयोग हुदै आएको सम्बद्ध क्षेत्रको जानकारहरुको बुझाईमा रहेको छ ।

प्राकृतिक रुपमा प्राप्त हुन आएको लैङ्गिय बिबिधतालाई आर्थिक अपराधजन्य कार्यको अतिरिक्त यौनजन्य आपराधिक क्रियाकलामा समेत उपयोग गर्ने हो भने अपराध रहित आदर्श समाजको परीकल्पना मिथ्या सावित हुन सक्नेछ । अत ः यस प्रकारका गलत क्रियाकलाप हुने वा हुन सक्ने कुनै सूचना प्राप्त हुन आएमा नजीकको प्रहरी कार्यालय अथवा अन्य कुनै सरोकारवाला पक्षलाई यथासक्य चाढो जानकारी दिने प्रवृतिको विकास गर्न सम्भव भए आधुनिकताको नाममा नेपाली समाजमा दैनिक रुपमा वढदै गएको अनैतिक ब्यवहारलाई न्युनीकरण गर्न प्रत्यक्ष वा परोक्ष सहयोग पुग्नेछ ।

यसमा अपवाद वाहेक विषेशगरी सामाजिक क्षेत्रमा ख्यातीप्राप्त गरेका ब्यक्तित्वलाई आफ्नो पकडमा पारी गैह्कानुनी लाभ हासिल गर्ने प्रवृति बढ्दो रुपमा देखिन्छ । किनकि सामाजिक साखको हसको भयले आपराधीक समुहको चगुलमा पर्न गएको ज्ञात सम्बद्ध ब्यक्तित्वलाई भएता पनि सहजै खुल्न नचाहने ब्यवहारले यस क्षेत्रमा थप अन्योलता सिर्जना गर्नेछ । अपराध हुनुपुर्व अथवा भए पश्चात प्राप्त हुन आएका आवश्यक सूचनाहरु सम्बन्धित सुरक्षा निकाय समक्ष सम्प्रेषण नगर्ने वा गर्न नचाहने प्रबृतिको विकासले अन्तत आपराधिक समुहको मनोवल उच्चरही अपराधले उग्रता हासिल गर्ने कुरालाई अन्यथा लिन मिल्दैन । यस प्रकारका कार्यले अपराधजन्य दुष्प्रभावले प्राथमिकता पाउने निश्चित छ ।

यहि त्यो कारक तत्व हो जसले आपराधीक समुहको गलत मनुुुसुवालाई सहजै पुरा गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ । समस्याले उग्रता हासिल गरे पश्चात प्रहरी प्रशासन समक्ष प्रस्तुत हुने ब्यवहारले अपराध न्युनीकरणको क्षेत्रमा विलम्ब उत्पन्न भई पिडितले न्याय र पिडकलाई कानूनी कारवाहीको दायरामा ल्याउन असहज परीस्थितीको निमार्ण भई सामाजिक परीवेशमा आपराधीक अराजकताले उग्रता हासिल गरी नागरिक समाजमा असुरक्षा महशुश हुनेछ ।

पुरुष सम्प्रदायको तुलनामा विवीध कारणले गर्दा महिला वर्गलाई फकाउन सहज हुनुको साथै पिडीत पक्षलाई समेत सहजै विश्वासमा लिन सफल हुने हुदा हनि टपिङ्गको क्षेत्रमा अत्यधिक रुपमा युवतीहरुको उल्लेख्य सहभागी बढाउन आपराधिक तत्व लालायीत भएका हुन् । आर्थिक एवं विज्ञापनजन्य ब्यवहारका कारण नारी सौन्दर्यलाई नकारात्मक रुपमा प्रयोग गर्दै अपराधको क्षेत्राधिकार अभिवृद्धि गराउन केहिहद सम्म सफल रहेको देखिन्छ । परिणामत ः नारी सुरक्षा सम्वेदनशिलतामा समेत गम्भिर प्रश्न चिन्ह् उत्पन्न भएको छ । यो निक्कै चिन्ताको विषय हो ।

लक्षित समुहलाई नारी÷पुरुषको तामधाम मार्फत मोहित तुल्याउने तत्कालका लागि सो सम्भव नभए ब्लाकमेलिङ्ग गर्दै अपराधको दुनियामा समाविष्ट गराउन खोज्ने प्रवृतिको विकासले अन्तत समाजमा वितृष्णा मात्र फैलाउने छ । यौनजन्य विकृतिका अतिरिक्त नारीसौन्दर्यको विज्ञापनको आधारमा ब्यक्ति—सम्प्रदायलाई सम्मोहित गराउन सम्बद्ध आपराधिक समुह यदि सफल भए अपराध अभिवृद्धिको दरमा कुनै प्रकारको न्युनीकरण आउने छा†टकाट देखिदैन ।

आफु अपराध कर्ममा फस्न जाने वा अर्को कुनै समुहलाई फसाउन खोज्ने चाहनाले क्षणिक रुपमा केहि आर्थिक लाभका साथै अबैध यौनजन्य क्रियाकलापका अभिष्टहरु पुरा हुन सक्लान् । तर अन्तमा कानूनी रुपमा प्राप्त हुने दण्ड सजायलाई कुनै पनि हालतमा वेवास्ता गर्न भने सकिदैन ।

तसर्थः अनैतिक क्रियाकलापबाट पृथक रहनु नै आफु, समाज र राष्ट्रलाई सदाचारमा लाग्न प्रेरित गर्नु हो । सामान्य अवस्थामा पुरुष सम्प्रदायको दाजोमा महिलाबर्ग आफुखुशी जानाजान आपराधीक गतीवीधीमा फस्न रुचाउदैनन् भन्ने मान्यता रहदै आएको छ । तथापि आपराधीक समुहको बाहुल्यताको प्रभाव, आर्थिक प्रलोभन, यौनजन्यत्रास, अघोषित रुपमा प्राप्तहुने पारिवारीक दवावका अतीरिक्त अनिच्छावश अपराध कर्ममा फसाउन नारी सौन्दर्यको रुपमा युवतीहरुको अत्यधिक मात्रामा प्रयोगहुनु हनी ट्यापिङको ब्यवहार हो भन्दा त्यती फरक नपर्ला ।

अतः लैङ्गिय विवीधतालाई पृथक राख्दै यदि कुनै समुह विशेषले आपराधिक कृयाकलाप गर्न उद्दत रहन्छन् भने, त्यस बखत नारी सहनशिलता एवं शालिनतालाई साहशिक रुपमा प्रयोग गर्ने चेष्टा देखाउनु पर्नेछ । यस प्रकारका सकारात्मक कार्यले धेरैहदसम्म समाज विरोधी आपराधीक क्रियाकलापको दरमा न्युनता छाउने छ ।

अन्यथा सहनशिलतालाई नै गलत अर्थ लगाई हनि टपिङ्गका समुहले नकारात्मक रुपमा प्रयोग गरी अनधिकृत लाभ हासिल गर्ने प्रपञ्च रच्न पछि पर्ने छैनन् । प्रस्तुत अवस्थाको शिकारमा आजका युवा समुह समेत पर्न सक्ने तथ्यलाई हेक्का राखी विषेश सर्तकता अपनाउनु पर्ने हुन्छ । जसका लागि आवश्यक पर्ने सूचनाहरु सञ्चारका माध्यमबाट सम्प्रेषण गर्नु यस क्षेत्रमा थप सजकता अपनाउनु हो ।

प्रतिक्रिया