अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनका लागि एनसेलको सहकार्य

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९को आयोजना गर्नकालागि शिक्षा, विज्ञान तथाप्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत आयोजना गरिएको तिनदिने सम्मेलन सोमबार समापन भएको छ ।

उक्त तिन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षक, शिक्षीकलगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो । गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए । सम्मेलनमा ३ सय सरकारी विद्यालयका शिक्षक शिक्षिका सहित सातै प्रदेशका ५५ जिल्लाबाट ७ सयभन्दा बढिको सहभागिता रहेको थियो ।

त्यसैगरी, प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिती रहेको थियो । शिक्षा क्षेत्रको विकासकालागि सहभागिहरुलाई ज्ञान रविषेशज्ञता प्रदानगर्दै सशक्तिकरणमा योगदान पु¥याउनु एनसेललको यस सहकार्यको उदेश्य रहेको छ ।  दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षा क्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भुमिका खेल्नेछ ।

सम्मेलन शनिवार शुरु भएको थियो । ‘२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीय शिक्षामा समान पहुँच प¥याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरण देखिनै कक्षामा गुणस्तरीय शिक्षाप्रदान गरेर मात्रै हाषिल गर्न सकिन्छ । गरेर सिक्ने विधिमा जोड दिदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागि अति महत्वपूर्ण छ,’ उद्घाटन सत्रमा प्रमुख अतिथीकारुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलले भने ।

सोमबार आयोजना भएको समापन समारोहमा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तिको उपस्थिती रहेको थियो । सरकारी विद्यालयहरुमा सुधारकालागि नीतिगत तहमा छलफल भईरहेको उनले बताईन् । उनले सम्मेलनमा सहभागि शिक्षक, शिक्षिकालाई आफुले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाका विकासका लागि कक्षा कोठा लगेर बाड्न सुझाइन् ।

‘एसएसडिपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ‘आवश्यक समय सापेक्ष तालिमबाट वञ्चित सरकारी विद्यालयका शिक्षक, शिक्षिकालाई प्लेटफर्म प्रदानगर्दै उहाँहरुलाई अझ सशतm बनाउन सहयोग पुप्याउनमा एनसेलको यो सहकार्य केन्दि«त रहेको छ । यस अन्तर्राष्ट्रिय सम्मलेन मार्फत स्थानिय तहका शिक्षक, शिक्षिकासम्म पुगी उनीहरुलाई सिप सिकाईका अवसरहरु प्रदान गर्नु हाम्रो उदेश्यहो ।’

‘अन्तर्राष्ट्रिय सिकाई पद्धती, हाम्रा स्थानीय कक्षा कोठासम्म पु¥याउनु र यसका लागि शिक्षक, शिक्षिकालाई आवश्यक तालिम दिनु यस अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य रहेको थियो’ रातो बङ्गला फाउण्डेसनका अध्यक्ष डा. शान्ता दीक्षितले भनिन् ‘सार्वजनिक तथा निजी क्षेत्रका दुवैको संलग्नताले नेपालको परिवेशमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्नका लागि यो सम्मेलन उत्कृष्ट प्लेटफर्म बन्यो ।

साथै ३०० सामुदायिक विद्यालयका शिक्षक, शिक्षिकालाई यस सम्म्ेलनमा भाग लिनकालागि दर्तामा सहगोग गर्न सहकार्य गरेकोमा एनसेलप्रति हामी आभारी छौं र अब एनसेलसँगको सहकार्यमानै हामीप्रदेश तहमा यस सम्मेलन पश्चात आयोजना गर्ने योजनामा रहेका साना सम्मेलनहरु आयोजना गर्नेछौं ।’ यस अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन पश्चात सातै प्रदेशमा यसै आर्थिक वर्षभित्र बाल विकासकालागि गुणस्तरीय शिक्षामा केन्द्रित भई कार्यशालाहरु आयोजना हुनेछन् ।

एनसेल र व्यवसायिक सामाजिक जिम्मेवारी बारे
एक जिम्मेवार व्यवसायिक नागरिककोरूपमा एनसेलले देशको सामाजिक तथा आर्थिक विकासका लागि उल्लेखनिय योगदान पु¥याएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २०११—२०१८ सम्ममा शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, युवा प्रतिभा प्रर्वद्घन जस्ता थुप्रै विभिन्न सामाजिक पहलहरुमा ६७ करोडभन्दा बढी योगदान पु¥याइसकेको छ ।

एनसेलले शिक्षा क्षेत्रमा मात्र १० करोड भन्दा बढी योगदान पु¥याइसकेको छ र बिगत ८ बर्षमा शिक्षा क्षेत्रमा भएका विभिन्न कार्यत्रमहरुले ५ दर्जनभन्दा बढी सरकारी तथा सामुदायिक विधालयका २६ हजार भन्दा बढी विद्यार्थीहरु लावान्भित भएका छन् ।

प्रतिक्रिया