कालीकोट । शुभकालिका गाउँपालिकामा एक दिने परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।
परिवार नियोजनका बारेमा स्थानीयलाई जानकारि गराउने, नेपालमा बढ्दो जनसंख्यालाई न्यूनीकरण गर्ने परिवार नियोजनका अस्थाई साधनबारे स्थानीय सरोकारवालालाई जानकारी गराउने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
सुनौलो परिवार नेपाल, युकेआइडीको सहयोग र मेरिस्टोप नेपालको सहजिकरणमा भएको कार्यक्रममा शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागार्इंको अध्यक्षता, शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्फा कुमारी शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति एवम् पालिका उपाध्यक्ष पम्फा कुमारी शाहीले नेपालमा आमा र बच्चाको स्वास्थ सन्तुलन राख्न परिवार नियोजनका अस्थाई होस् या स्थायी होस् अति आवश्यक भएको र नेपालको बढ्दो जनसंख्या न्यूनीकरण गर्न परिवार नियोजन आवश्यक भएकाले यसमा कुनै किसिमको खेलवाड नगरी होसियारीपूर्वक सबैले लाग्नुपर्ने बताएकी छन् ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभाध्यक्ष एवम् शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा सबैले सकारात्मक भावनाले स्वास्थ्यको विकासका लागि लागी पर्नुपर्ने बताउँदै आफ्नो आउँपालिकाले पनि अहिलेसम्म स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रत्येक वडामा सामुदायिक स्वास्थ्य इकाइमार्फत सेवा दिएको बताए । अध्यक्ष चौलागाईंले आगामी दिनमा पनि आफ्नो पालिकामा स्वास्थ्य सेवाको कुनै अपुग हुन नदिने बताएका छन् । कार्यक्रममा गाउँपालिकाका सबै जनप्रतिनिधिकोे उपस्थिति रहेको थियो ।
प्रतिक्रिया