कालीकोट । शुभकालिका गाउँपालिकाको शैक्षिक समस्या सुधारका लागि एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबीच विद्यालय पालिका स्तरका विद्यालयको भौतिक पूर्वाधारदेखि अन्य समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा ३६ बुँदे घोषणा जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
शिक्षामा गुणस्तर ल्याउन, शिक्षक विद्यार्थीलाई एकरूपता ल्याउने, शिक्षक अभिभावक र गाउँपािलकाबीच समन्वय सहकार्य कसरी राम्रो गर्न सकिन्छजस्ता विविध विषयमा छलफल भएको छ । गाउँपालिकालाई नै नेपाल सरकारको नियमअनुसार ०७६ सालभित्रै साक्षर गाउँपािलका घोषण गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो बताइएको छ ।
जारी गरिएको घोषणा पत्रमा फागुन मसान्तभित्र गाउँपालिकामा बसोवास गर्ने सबैलाई साक्षर बनाइने, शिक्षण डायरीको व्यवस्था गर्ने, कक्षा १ देखि ३ सम्म नेपाली विषयमा ९० मिनेट समय व्यवस्था गर्ने, प्रत्येक तीन महिनामा शैक्षिक बहसको आयोजना गर्ने, राम्रो काम गर्ने र उत्कृष्ठ विद्यार्थी, विद्यालय व्यवस्थापन समितिलाई पुरस्कृत गर्ने र नराम्रो कार्य गर्नेलाई कानुनी कारबाही गर्नेजस्ता विषय घोषणपत्रमा उल्लेख गरिएको छ ।
गाउँपािलका अध्यक्ष खडानन्द चौलागार्इंको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेश देवकोटाको प्रमुख आथित्यतामा भएको कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेश देवकोटाले भौगोलिक कठिनाइका कारण अहिलेसम्म कर्णाली प्रदेशमा सोचे अनुसारको गुणस्तरीय शिक्षा र कक्षाकोठा भित्रको बसाइँ व्यवस्थापन गर्न नसकिएको बताउँदै शिक्षक विद्यार्थी र अभिभावक आफैँ इमानदार भए शिक्षामा सुधार ल्याउन सकिने बताएका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाहीले आपूm पालिकाको अनुगमन समिति संयोजक भएको हैसियतले अबका दिनमा अनुगमन पाटोलाई बलियो बनाई शिक्षामा गुणस्तर कायम गर्ने बताइन् । यस्तै गाउँपालिका अध्यक्ष खडानन्द चौलागाइँले गोष्ठीमा उठेका प्रसंगहरूको जिज्ञासा मेटाउँदै विद्यालयले अहिलेसम्म गरेका राम्रा कामको पनी प्रशंसा गर्नुपर्ने र नराम्रा काम मात्रै बारम्बार घच्घचाउने गरेकाले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई आग्रहसमेत गरेका छन् ।
साथै चौलागाइँले शुभकालिका गाउँपालिकामा शिक्षा गुणस्तर सुधारका लागि पालिकामै दरबन्दी सिर्जना गरी अपुग शिक्षक भएको ठाउँमा शिक्षकको व्यवस्था गरेको बताउँदै भौतिक पूर्वाधारको अभाव हुन नदिने र आगामी दिनमा शिक्षाप्रति कुनै पनि किसिमको वाधा हुन नदिने कुरा सुनाए । कार्यक्रममा वडा–१ देखि ८ सम्मका सबै स्थानीयवासी, जनप्रतिनिधि लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण पालिकाका स्रोतव्यक्ति पुष्पराज आचार्यले गरेका थिए ।
कालिकाेट
प्रतिक्रिया