खोजखबर

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

सौर्य अनलाइन २०७६ भदौ ५ गते १४:५३ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहेका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशंकरले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल र नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीको उपस्थिति थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय