फरार रहेकी नायिका शिल्पा पोखरेल सर्वोच्च अदालतमा हाजीर

काठमाडौँ । बहुबिवाहको मुद्दा लागेपछि फरार रहेकी नायिका शिल्पा पोखरेल सर्वोच्च अदालतमा हाजीर भएकी छन् । चलचित्र निर्माता छविराज ओझा र नायिका पोखरेललाई बहुबिवाहकाे मुद्दा केही समय अघि जिल्ला अदालत काठमाडौँमा परेको थियो ।

जिल्ला अदालत र उच्च अदालत हुँदै उक्त मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ । उनिहरुबिरुद्ध निर्माता ओझाकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।

मुद्दा दायर भएपछि नायिका पोखरेल र निर्माता ओझा दुवैलाई जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको थियो । उनिहरुलाई पक्राउ पुर्जी जिल्ला अदालतले जारी गरेलगत्तै दुवैजना फरार भएका थिए ।

तर, अहीले भने उनि आफू पक्राउ पर्न सक्ने भन्दै सर्वोच्च पुगेकको बताइएको छ । सर्वोच्च अदालतमा हाजीर भएकी  नायिका पोखरेललाई प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

प्रतिक्रिया