संसदमै उठ्यो पुडासैनी मृत्यु प्रकरण र रवि लामिछाने पक्राउको कुरा

काठमाडाैँ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण र रवि लामिछानेको गिरफ्तारको विषयमा आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कुरा उठेको छ । बैठकको शून्य समयमा नेकपाका सांसद महेश्वरजंग गहतराजले पत्रकार पुडासैनीको मृत्यु प्रकरण र सोको अनुसन्धानमा रवि लामिछाने पक्राउपछि भइरहेको गतिविधि शान्ति सुरक्षाविरुद्ध रहेको बताएका छन् ।

उनले आफूलाई मन परेको मान्छे अपराधि नहुने भन्ने बिषयले समाजलाई नकारात्मक दिशातर्फ लैजाने बताउँदै यस बारेमा सबैलाई गम्भीर हुन आग्रह गरे । गहतराजले लामिछानेको गिरफ्तारको बिषयलाई लिएर गैरकानुनी र अस्वभाविक कार्य भइरहेको भन्दै आपत्ती जनाए ।

प्रहरीले घटनाको अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रकृया रहेको भए पनि अहिले यसलाई उल्लंघन गरेर शान्ति व्यवस्थालाई खलल पार्ने अवस्था निम्त्याएको बताए ।

प्रतिक्रिया