वर्षामा गाडी चलाउन सकस

बैतडी । जिल्लाका सबै कच्ची सडकमा गाडी चालाउन सकस भएको छ । वर्षा सुरु भएपछि कच्ची सडकमा हिलोले गर्दा गाडी चल्न सकस भएको हो । हिल्लामे सडकमा गाडी चलाउन सजिलो हुँदैन तर साहुले भनेपछि बाध्य भएर चलाउने गरेको मेलौली कुलाउँ सडकका जिपचालक राजेश शाहले बताए । ‘पहाडको बाटो हिलाम्मे सडक ज्यानलाई जोखिममा राखेर चलाउँछु, नचलाउँ भने बसेर साहुले तलब दिँदैन के गर्ने’, चालक शाहले भने ।

हिउँदमा जिल्लाका वित्थड–सुइलेक, ढोल्यामोड–हाट, दुदिलाखान–गाजरी, बिप्याकटाल–ढुंगाड, पाटन–मेलौली, मेलौली–कुलाउँ, देहिमाण्डौ–गिरेगडा, सदरमुकाम–शेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलापाल कच्ची सडकमा नियमित गाडी चल्ने गर्दथे । वर्षामा यी सडकमा कहीँकतै मात्र गाडी चल्ने गरेका छन् । हाल यी सडकमा महँगो शुल्क लिएर साहुले गाडी चलाएका छन् ।

स्थानीय तह र प्रदेशले विस्तृत वातावरणीय प्रभाव मूल्यांकन नगरिकनै स्काभेटरले खनेका कतिपय नयाँसडक हाल पहिरोले पुरिसकेका छन् । बैतडीका प्रायः सबै स्थानीय तहले खनेका सडक विस्तृत वातावरणीय प्रभाव मूल्यांकन नगरिकनै खनिएका छन् ।

प्रतिक्रिया