मृगौला रोगी कमलालाई ममता फाउन्डेसनको सहयोग

काठमाडौं । मृगौला रोगले पीडित कमला तामाङलाई जापानस्थित ममता फाउन्डेसनले सहयोग गरेको छ । अध्ययनकै क्रममा अल्पायुमै ज्यान गुमाउन पुगेकी स्व.ममता तामाङको स्मरणमा स्थापना गरिएको ममता फाउन्डेसनले पीडित कमलालाई दुई लाख ७० हजार सात सय ५७ रुपैयाँ सहयोग गरेको हो ।

असहाय र असक्तहरुका लागि सहयोग गर्ने अभियानका लागि स्थापना भएको सो फाउन्डेसनले उपलब्ध गराएको रकम पीडित कमलाका पति चन्द्रबहादुर तामाङको खातामा पठाएको छ । जापानमा आर्थिक कारोबार एवं रकम स्थान्तरण गर्ने संस्था इजिलिंकबाट फाउन्डेसनका अध्यक्ष तथा संयोजक राम तामाङले रकम पठाएका हुन् ।

इजिलिंकले पनि रकम नेपाल स्थान्तरण गरेको शुल्क लिएको छैन । दुवै मृगौला खराब भएर आर्थिक अभावमा उपचार गराउन नसकेर रोगसँग लडिरहेकी कमलाको उपचारका निम्ति फाउन्डेसनले आर्थिक सहयोग संकलनका लागि अभियान थालेको थियो ।

जापानमा रहेका नेपालीहरुले यस अभियानमा धेरै सहयोग गरेका थिए । स्वदेशमा रहेका तथा प्रवासी नेपालीले आर्थिक र प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया