संगीताले बनाइन् तीन कीर्तिमान

काठमाडौं । काठमाडौं  जिल्ला भारोत्तोलन संघको आयोजनामा नेपाल स्ट्रगेस्ट तेस्रो सुनिललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन सोमबारबाट सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै सदस्यसचिव सिलवालले यस प्रतियोगितालाई आगामी वर्षदेखि रातो कितावमा पार्न पहल गर्न पहल गर्ने बताए । सदस्यसचिव सिलवालले ओलम्पियन खेलाडीको स्मृतिमा आयोजना गर्ने यस्ता प्रतियोगितालाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा लानुपर्ने भन्दै संघका पदाधिकारीहरूसँग बसेर त्यसको पहल गर्ने बताए । मरु बैंक्वेटमा आयोजना भएको प्रतियोगिताको पहिलो दिन नेपाल पुलिसकी संगीता राईले सिनियर ४९ केजीमा तीन राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् ।

उनले स्नाचमा ५९ केजी, क्लिन एन्ड जर्कमा ७६ केजीका साथ कुल एक सय ३५ केजीका साथ तीनै विधामा कीर्तिमान बनाएकी हुन् । यसअघि उनकै नाममा ५८, ७५ र एक सय ३३ केजीको कीर्तिमान रहेको थियो । उनले आठौँ राष्ट्रिय खेलकुदमा उक्त कीर्तिमान राखेकी हुन् । यस तौलमा उनी एक मात्र खेलाडी रहेकी थिइन् । यस विधाको जुनियरतर्फ बर्दियाकी पवित्रा थापामगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४०, क्लिन एन्ड जर्कमा ५० गरी कुलमा ९० केजी उठाइन् ।

यस्तै सशस्त्र प्रहरीकी पल्लभी कुमारी चौधरीले ४०, ४८ केजी गरी कुल ८८ केजीका साथ रजत पाइन् । तेस्रो स्थानमा रहेकी ग्लोबल बिएसएस लि. सप्तरीकी पूजा मण्डलले ३७ र ४२ केजीका साथ कुल ७९ केजी भार बहन गरिन् । महिला सिनियर ४५ केजीमा सेनाकी रिता गुरुङले क्लिन एन्ड जर्क र कुलमा गरी दुई राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले क्लिनमा ६२ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी हुन् ।

यस्तै स्नाचमा ४२ केजी भार बहन गरेकी उनले कुलमा एक सय चार केजीका साथ कीर्तिमान कायम गरिन् । गुरुङले स्वर्ण हात पारिन् । दोस्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले स्नाचमा ४७ केजीका साथ किर्तिमान बनाइन् । उनले क्लिनमा ५६ केजी सहित कुल एक सय तीन केजी भार बहन गरिन् । तेस्रो स्थानमा बर्दियाकी हिरामोती थारु रहिन् । उनले स्नाचमा ३०, क्लिन एन्ड जर्कमा ४५ गरी कुल ७५ केजी भार बहन गरिन् ।

यस तौल समूहमा रिता गुरुङकै नाममा स्नाचमा ४५ केजी, क्लिनमा ५० केजी र कुलमा ९५ केजीको कीर्तिमान थियो । रिताले यो कीर्तिमान आठौँ राष्ट्रिय खेलकुदमा राखेकी थिइन् । ४५ केजी जुनियर महिलातर्फ ग्लोबल बिएसएए लि सप्तरीकी काजल सदाले स्वर्ण पाइन् । उनले स्नाचमा २७ र क्लिनमा ३७ गरी कुल ६४ केजी भार बहन गरिन् । दोस्रो स्थानमा रहेकी दाङकी संजना चौधरीले ३० र ३२ केजीका साथ ६२ केजी भार उचालिन् । ५५ केजीको सिनयरतर्फ नेपाल पुलिसकी देवी कुमारी चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६० किल्न एन्ड जर्कमा ८२ गरि कुल एक सय ४२ केजी भार उचालिन् ।

दोश्रो स्थानमा रहेकी सेनाकी गौरी चौधरीले स्नाचमा ५० र क्लिनमा ५८ गरि एक सय आठ तथा तेस्रो भएकी एपिएफकी लिला राईले स्नाचमा ३०, क्लिनामा ४० गरि कुल ७० केजी भार बहन गरिन् । सिनियर ५९ केजी तौलमा स्नाचतर्पm संजु चौधरीले ७१ केजी भारका साथ किर्तिमान बनाएकी छिन् । यसअघि यस विधामा सेनाकी कमला श्रेष्ठको नाममा ७० केजीको कीर्तिमान रहेको थियो ।

कमलाले आठौ राष्ट्रिय उक्त कीर्तिमान बनाएकी थिइन् । ६४ केजी तौलमा नेपाली सेनाकी सारदा चौधरीले स्नाचमा आफ्नै नाममा रहेको ६० केजी तौलमा सुधार गर्दै ६१ केजीको कीर्तिमान राखिन् । राष्ट्रिय कीर्तिमान राख्ने क्रममा ७१ केजी तौलमा पुलिसकी राजलक्ष्मी थापाले स्नाचमानै ६६ केजी भारका आफ्नै नाममा रहेको ६३ केजीको कीर्तिमानमा सुधार गरेको प्रतियोगिता संयोज तथा आयोजक संघका उपाध्यक्ष रुकेश तण्डुकारले जानकारी गराए । थापाले पनि आठौँमा अघिल्लो कीर्तिमान बनाएकी थिइन् ।

प्रतिक्रिया