स्वास्थ्य बिमा लागू गर्ने तयारी

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य बिमा कार्यक्रमलाई देशका ७७ जिल्लामा पु¥याउन निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित बिमा बोर्ड बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री यादवले बिमा समितिका अध्यक्ष, कार्यकारी निर्देशक तथा पदाधिकारीलाई यही आर्थिक वर्षभित्रै सबै जिल्लामा कार्यक्रम पु¥याउन निर्देशन दिएका हुन् । उनले भने, ‘यस आर्थिक वर्ष २०७६÷०७७ मा नै कसरी सबै जिल्लामा लान सकिन्छ, त्यसअनुरूप लक्ष्य तथा कार्यक्रम बनाई अघि बढ्नुस् ।’

उपप्रधानमन्त्री यादवले सरकारको नीति तथा कार्यक्रम पनि यसै आर्थिक वर्षभित्रमा नै बिमा सेवालाई देशभर पु¥याउने लक्ष्य रहेको बताए । हालसम्म देशको ६ प्रतिशत जनतामा मात्र बिमाको पहँुच पुगेको उल्लेख गर्दै यो सुरुआती अवस्था भएको भन्दै उनले थपे, ‘भर्खर संस्थागत संरचना तयार गरिँदैछ, निराश नहोऔँ अब स्पष्ट कार्यक्रम बनाएर काममा तीव्रता दिएर कार्यक्रम सफल बनाउनु लाग्नुपर्छ ।’ त्यस्तै उनले बिमा बोर्ड बैठकमा उठेका अप्ठयारा पक्षलाई समाधान गर्दै बिमा बोर्ड, स्वास्थ्य र अर्थ मन्त्रालयबीच राम्रो समन्वय गरी अप्ठ्यारालाई फुकाउँदै अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरे ।

बिमा कार्र्यक्रम सञ्चालन प्रक्रियामा जाँदा कति कभर गरियो, कतिमा पुग्याँै, कतिले प्रिमियम तिरे, कतिले छाडे, किन छाडे जस्ता यसका सबै कारण खोजेर विश्लेषण गरी सच्चिएर अघि बढ्न आग्रह गरेका हुन् । ‘किन बिमा गराइराखेका छौँ त्यो पनि हेर्नुपर्छ र सेवा सुविधा दिने सरकारी अस्पताल कस्ता छन ? विचार पु¥याउन आवश्यक छ’ उनले भने ।

‘अहिले स्वास्थ्य बिमा कार्यक्रम चलाउन निजी अस्पतालले पनि इच्छा राख्दै आएका छन्, तिनीहरूको सेवा सुविधाको अवस्था कस्तो छ, हेरेर बोर्डले निर्णय गरेर दिन सक्छ । फार्मेसी छ कि छैन, फार्मेसी र अस्पतालसँगै जोडिनुपर्छ, त्यो छ कि छैन हेर्नुपर्छ ।’ उनले बीमितबाट दाबी रकमको मात्रा ६० प्रतिशत रहेको र दाबी किन थोरैले र त्यस्तो कसरी भयो ? यस्ता पक्षमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

मन्त्री यादवले बोर्डभित्रै मिलाउनुपर्ने आन्तरिक विषयमा आवश्यकताअनुसार नीति नियम, जोखिम व्यवस्थापन, प्रविधिको प्रयोग, जिम्मेवारी बाँडफाँडलगायत अन्य संघ संस्थासँग राख्नुपर्ने सम्बन्ध, समन्वय, सहकार्य तथा सहयोगसम्बन्धी विषयमा ध्यान दिन आग्रह गरे । स्वास्थ्य सचिव राम थपलियाले बिमा अभ्यास नयाँ हो, जे गरिन्छ, त्यो नयाँ गरिन्छ र बिमा अरू संस्था जस्तो नभएको उल्लेख गरे । सो बैठकमा राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले संस्थाको विभिन्न क्षेत्रमा भएका काम कारबाहीका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया