एनआईसी एशिया र मर्सि हस्पिटलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल बुटवलबीच सम्झौता भएको छ । एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहक र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक श्री गोपाल प्रसाद श्रेष्ठज्यूले हस्ताक्षर गरे । बैंकले हाल मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३४ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया