पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफकी छोरी पक्राउ

काठमाडौं । पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाजलाई प्रहरी पक्राउन गरेको छ ।

भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष समेत रहेकी मरियम पक्राउ गरेको हो ।

उनलाई ब्यूरोले एउटा चिनी उद्योगसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। भ्रष्टाचार आरोप पुष्टि भएका कारण जेलजीवन बिताइरहेका बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको
बताइएको छ ।

प्रतिक्रिया