उत्तरपुस्तिका रि–टोटलिङको माग

विराटगनर । मोरङको गोठगाउँस्थित जिपी कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिर्सच सेन्टरका विद्यार्थीले परीक्षामा आपूmले लेखेको उत्तरपुस्तिका रि–टोटलिङ गर्न पाउनुपर्ने माग गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सो कलेजका विद्यार्थी आइतबा विराटनगरमा पत्रकार सम्मेलनगरी परीक्षा नियन्त्रण कार्यालय विराटनगरले विद्यार्थीलाई लेखेको उत्तरपुस्तिकामा दिएको नम्बर तथा रि–टोटलिङ गर्न माग गरेका हुन् ।

गत ३० जेठमा आएको सो विद्यालयकको एग्रिकल्चर एन्ड रिसर्च सेन्टरमा अध्यनरत चौथो सेमिस्टरमा अध्यनरत दोस्रो सेमिस्टारको रिजल्टमा आठ जना विद्यार्थीले जाँच दिए । उक्त परीक्षामा प्रिन्सिपल्स एन्ड प्राक्टिस अफ हल्टिकल्चर विषयमा आठ जना विद्यार्थी अनुत्तीर्ण भए । अनुत्तीर्ण भएका विद्यार्थीले कापी जाँचप्रति चित्त नबुझेको भन्दै परीक्षा नियन्त्रण कार्यालयमा कापी रि–टोटलिङको माग गरेका थिए । माग गरेको महिनादिन बित्दा पनि विश्वविद्याललयले बेवास्ता गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको विद्यार्थी अनुुज चापागाइको भनाइ छ । उनले आपूmहरूले सही न्याय नपाए कडा आन्दोलन गर्नेसमेत बताए ।

पीडित विद्यार्थी निकिता कार्कीका वुबा मोहन कार्कीले त्रिभुवन विश्व विद्यालय, पोखरा विश्वविद्यालयमा कापी रि–टोटलिङ गर्ने व्यवस्था भए पनि पूर्वाञ्चल विश्वविद्यालयमा यस्तो व्यवस्था किन नभएको भन्ने प्रति प्रश्न गर्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए ।

विद्यार्थीले सात बुँदे माग राख्दै विद्यार्थीको हक हितका लागि पूर्वाञ्चल विश्वविद्यालयमा आमूल सुधार तथा विद्यार्थीले सहज रूपले न्याय पाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया