स्वास्थ्य मन्त्री यादवद्वारा बैद्यखानाको छड्के अनुगमन

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सिंहदरबार बैद्यखानाको अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्री यादवले बैद्यखानाको अनुगमन गरि प्रगति विवरण र आगामी कार्य योजना मन्त्रालयमा पेस गर्न बैद्यखानाका प्रबन्धक निर्देशकलाई निर्देशन दिएका छन् ।

सरकारको एक मात्र आधिकारिक जडिबुटि औषधि उत्पादक संस्था बैद्यखानाको काम बारबाही बारे जनगुनासो बढेपछि स्वास्थ्य मन्त्री यादवले बुधबार दिउँसो छड्के अनुगमन गरेका हुन् । अनुमगनका क्रममा ४ जना कामदार मात्रै औषधी कारखानामा काम गर्दै गरेको पाईएको थियो ।

करिब ४ दर्जनको संख्यामा कर्मचारी रहेको बैद्यखानामा जम्मा ४ जनाले जनामात्रै काम गरेको देखेर मन्त्री यादवले असन्तुष्टि जनाए । बैद्यखानाको वस्था देखेर मन्त्री यादवले हालको प्रगति विवरण र नयाँ कार्य योजना पेस गर्न निर्देशन दिएका हुन् । मन्त्री यादवसँगै अनुगमन टोलिमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. के.के राई सहभागी थिए ।

प्रतिक्रिया