मुगु । मुगु सदरमुकाम गमगढी बजारवासी यतिवेला धमिलो पानी खान बाध्य भएका छन् । केही दिनदेखि अविरल वर्षासँगै सदरमुकाम गमगढी बजारमा वितरण भइरहेको पानी धमिलो आउन थालेपछि बजारवासी धमिलो पानी खान बाध्य भएका हुन् ।
सदरमुकाम गमगढी बजारका लागि छायाँनाथ रारा नगरपालिका–८ झयारी खोलाबाट पानी ल्याइएको छ । खोलाबाट पानी ल्याएकाले वर्षात भएको समयमा पानी धमिलो आउने गरेको गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुुर मल्लले बताए ।
उनका अनुसार पानीको मूलमा पशुचौपाया जाने ठाउँ छैन तर पानीको मूल खुल्ला खोल भएकाले वर्षातसँगै पानी धमिलो आउने गरेको अध्यक्ष मल्लको भनाइ छ ।
पानीमा कुनै संकमण छैन तर वर्षापछि मुहानबाट पानी धमिलो आउने गरेको र वर्षा रोकिएमा पानी आफैँ सफा भएर आउने गमगढी खानेपानी उपभोक्ता समितिले जनाएको छ । पानी धमिलो आउन थालेपछि बिरामी हुने डरैडरले पानी खान बाध्य भएका स्थानीय उपभोक्ता बताउँछन् ।
प्रतिक्रिया