अपांगता भएका २ सय ७३ को उपचार

मुगु । जिल्लामा अहिलेसम्मको तथ्यांकलाई हेर्दा अपांगता भएका २ सय ७३ जनाको उपचार भएको छ । सोमबार आयोजित सामाजिक परीक्षण कार्यक्रममा डार्डो नेपालले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

युएमएनको आर्थिक सहयोगमा विगत ०६४ देखि अपांगताको क्षेत्रमा काम गर्दै आएको अपां पुनःस्थापना तथा डार्डो नेपाल मुगुले १२ वर्षदेखि अपांगताका क्षेत्रमा काम गर्दै आएको छ । सोमबार सामाजिक परीक्षण कार्यक्रममा विभिन्न किसिमका अपांगता भएका व्यक्ति २ सय ७३ जनाको उपचार गरेका डार्डो नेपाल मुगुका कार्यक्रम संयोजक सतल सिंह मिजारले जानकारी दिए ।

जसमा ३६ जना अपांगता भएकालाई आयआर्जन, ३५ जनालाई बालबालिकालाई विद्यालयमा पुनःस्थापना, २१ जनालाई छात्रवृत्ति, १० जना विद्यार्थीलाई ब्रेललिपिलगायत उपचार सहयोग गरी समाजमा पुनःस्थापना गरिएको कार्यक्रम संयोजक मिजारले बताए । जिल्लाका चार वटै स्थानीयतहमा रहेका अपांगता भएका व्यक्तिहरूको क्षमता विकास गर्न, आयआर्जनमा टेवा पु¥याउन र अपांता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिमा परिर्वतन ल्याउन आइएनएफ र युएमएनको सहयोगमा विभिन्न कार्यक्रम गरिरहेका अपांगता पुनःस्थापना संस्था डार्डो नेपालका अध्यक्ष सक्कबहादुर बढुवालले बताए ।

सिंहदरबारको अधिकार गाउँमा आएको भए पनि अपांगता भएका व्यक्तिले अधिकार नपाएको बताएका छन् । जिल्लाका चार वटै स्थानीयतहले अपांगताको क्षेत्रमा कुनै पनि काम नगरेका र कार्यविधिसमेत नबनाएकाले अपांगता भएका व्यक्तिको अधिकार खोसिएको अपांगता भएका व्यक्तिले गुनासो गरेका छन् । दुुई वर्षदेखि अपांगता भएका व्यक्तिले स्थानीय तहबाट अपांगता परिचयपत्र नपाएका अध्यक्ष बढुवालले बताए ।

यसैबीच कार्यक्रममा बौल्दै स्थानीय तहका प्रमुख, उपप्रमुखले संघीयता कार्यान्वयनसँगै अपांगता भएका व्यक्तिको अधिकारमाथि हनन् भएको बताएका छन् । अपांगता भएका व्यक्तिको परिचयपत्र सेवा सुविधा पहिले हुने गरेको भए पनि त्यो अहिले स्थानीय तहबाट हुन नसकेका र अपांगता भएका व्यक्तिले परिचयपत्र पाउन नसकेका बताए । आगामी दिनमा अपांगता भएका व्यक्तिका लागि कार्यक्रम गर्ने स्थानीय तहहरूले प्रतिवद्धता गरेका छन् ।

जिल्लाका चार वटै स्थानीय तहमा बसोवास गर्ने सांग र अपांगबीच विवाह गरेका २४ जना जोडीलाई सम्मान गरिएको छ । समाजमा अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिमा परिवर्तन ल्याउन अपांगता भएका व्यक्तिले पनि समाजमा केही गर्न सक्ने अपांगता भएका व्यक्तिको आत्मविकासका लागि सम्मान गरिएको हो ।

प्रतिक्रिया