शिक्षा पत्रकारिता पुरस्कार पराजुली र संग्रौलालाई

काठमाडौं । शिक्षालय राष्ट्रिय मासिकको प्रस्तुतिमा पन्ध्रौ वाई वाई नेशनल एजुकेशन अवार्ड नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोवार दैनिकका गोपाल संग्रौलालाई प्रदान गरिने भएको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा एजुकेशन अवार्डको घोषणा गरिएको हो ।

यसबर्ष तेह्र विधामा अवार्ड प्रदान गर्न लागिएको छ । शिक्षा क्षेत्रका विभिन्न विधालाई समेटेर देशब्यापी रुपमा गर्दै आएको अवार्डमा यस बर्ष १३ वटा विधामा १६ जनालाई सम्मान गरिन लागिएको हो ।  यस बर्ष प्रदान गरिने नेशनल एजुकेशन अवार्डका विधाहरुमा स्कुल अफ दि इयर, स्कुल एक्सिलेन्स अवार्ड, वेष्ट टिचर अवार्ड, कन्ट्रिब्यूसन अवार्ड, गुडविल अचिभमेन्ट अवार्ड, डेडिकेशन अवार्ड रहेका छन् ।

यसैगरी, राइजिङ अवार्ड, क्रिएटिभ अवार्ड, एजुकेशन जर्ना्लिष्ट अवार्ड, एजुकेशन भिजन अवार्ड, बेष्ट प्रिन्सिपल अवार्ड, र लाइफटाइम एचिभमेन्ट अवार्ड रहेका छन् । वाइ वाइले २५ हजार नगद राशिको ज्ञानउदय छात्रबृत्ति सम्मान समेत यसै कार्यक्रममा दिने गरेको छ ।

सम्मेलनमा शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारहरुको नाम सार्वजनिक गरिएको छ । हरेक बर्ष स्कुल अफ दि इयर अन्तर्गत देशभरिका एक एक उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयलाई सम्मान गर्ने गरिएको छ ।  स्कुल एक्सिलेन्स अवार्डबाट कक्षा ११ र १२ मा राम्रो स्तर कायम गर्न सफल उत्कृष्ट विद्यालयलाई सम्मान गरिनेछ । पुरस्कार वितरण समारोह श्रावण २७ गते सोमबार काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुनेछ ।

प्रतिक्रिया