मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौँ सिनेट

सुर्खेत । कर्णाली प्रदेशको एकमात्र मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) को आजकाठमाडौँमा बसेको नवौँ वार्षिक साधारण सभा (सिनेट) लाई विद्यार्थीले विरोध जनाउदै सिनेट बहिष्कार गर्ने जनाउँदै सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूले आइतबार दिउँसो विज्ञप्ति निकालेका छन् । विज्ञप्तीमा विश्वविद्यालयको प्राज्ञिक मुल्य मान्यता भन्दा बाहिर रही सिनेटको बैठक काडमाडौंमा गर्नु कर्णालाबासिको मर्म्विपरित भएको बताइएको थियो ।

विश्वविद्यालयको साधारण सभा आज काठमाडौँमा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भयो । तर, विद्यार्थीहरुले भने सुर्खेतमा पनि सिनेट संचालन गरेका छन् । सुर्खेतमा विद्यार्थीहरुले सञ्चालन गरेको सिनेटमा विद्यार्थी नेता प्रेम खड्का सिनेटको अध्यक्षत अर्थात कुलपति थिए । कार्यक्रमको सदस्य सचिवमा अर्थात रजिष्टारको रुपमा विद्यार्थि नेता गगनसिंह ठकुरी थिए ।

संकेतिक सिनेटमा सदस्य सचिवको रुपमा विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यार्थी नेता गगन सिंह ठकुरीले भने, ‘विश्वविद्यालयले आफ्नो स्थापनाका नवौं वर्षहरु पार गर्ने क्रममा विभिन्न आरोह अवरोहहरुको समाना गरेकोे छ ।’ उनले थपे, ‘सेवा आयोगमार्फत हजाराैँ जनतालाई रोगजारीको सिर्जना गरेको, विज्ञान क्याम्पसको भवन तथा केन्द्रिय प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको र विभिन्न नीजि कलेजहरुलाई सम्बन्धन दिएको र आंगिक क्याम्पस बनाएका छाैँ ।’

२०७६ र ०७७ मा थप ५ वटा क्यामपसहरुलाई आंगिक क्याम्पस बनाउने नीति ल्याएको छु । साथै काठमाडौँका राजधानी मोडेल कलेज, जेभिएर इन्टरनेशनल कलेज, ग्लोबल म्यानेजमेण्ट कलेजलाई सम्बन्धन दिने निर्णय प्रस्तुत गरे । विश्वविद्यालयका सम्पूर्ण कार्यक्रम तथा गतिविधिहरु सुर्खेतमै गर्ने प्रस्तुतसहित ३१ जना उपप्राध्यापक र ४० जना कर्मचारीका लागि थप दरबन्दी सृजना गरिएको नेताम सिंहले प्रस्तुत गरे ।

विद्यार्थीहरुको संकेतिक सिनेटले आ.व. ०७६र०७७ को लागि कूल ११ अर्ब ७५ करोड ६२ लाख ६ हजार १ सय रुपैयाँ ५९ पैसाको बजेट समेत प्रस्तुत गरेको छ । जस मध्य चालु तर्फ ७ अर्ब ७५ करोड र पूर्वाधार तर्फ ३ अर्ब ६२ लाख १ सय १७ रुपैयाँ प्रस्तुत गरिएको थियो भने समपूरक बजेटको रुपमा १ अर्ब ५९ पैसा विनियोजन गरिएको थियो । जसमध्ये विश्वविद्यालय अनुदान आयोगबाट ९ अर्ब ७५ करोड ५९ पैसाको अपेक्षाको बताइएको छ भने २ अर्ब ६२ लाख १ सय १७ रुपैयाँ विश्वविद्यालयको आन्तरिक स्रोतबाट प्राप्त गर्ने आशा गरिएको छ ।

विद्यार्थीहरुको संकेतिक सिनेटको समापन गर्दै कूलपतिको भूमिका निर्वाह गरेका विद्यार्थी नेता प्रेम खड्काले विश्वविद्यालय यो स्थानसम्म ल्याउन सबैको अतुलनिय सहयोग रहेको बताए । विश्वविद्यालय हजारँैंको संख्यामा रोजगारी सिर्जना गरेको उनको भनाई थियो । संकेतिक सिनेटको सदस्यमा नविन योगी, विष्णु महतारा, मिलन बिसी, पदम खड्का, ललित केसी, भरत शाही भरत गौतमलगायत रहेका थिए ।

सांकेतिक सिनेटको सदस्यको रुपमा रहेका विद्यार्थि नेता भरत गौतमले एउटा प्रदेशको विश्वद्यिालयको सिनेट केन्द्रमा हुनु संघियताको बिरोध भएको बताए । यस्तै सदस्य– सचिव रहेका विद्यार्थि नेता गगनसिंह ठकुरीले कुलपतिको उपस्थिति नभएमा सहकुलपति, सहकुलपति नभए उपकुलपतिकै अध्यक्षतामा सिनेट संचान गर्न सकिने भएपनि अटेरी गरिएको आरोप लगाए । ‘नवौं वार्षिकोत्सवमा टिसर्ट किन्न नसक्ने भनेर निजि कलेजको प्रचार गर्ने, अहिले लाखौँ खर्च गरेर काठमाडौँमा सिनेट गर्ने ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया