पर्यटनः भुटानबाट सिक्ने कि ?

भुटानको कुरो गर्दा जनसंख्या र भूगोल दुवै आधारमा नेपालभन्दा धेरै सानो देश हो । तर, सानो देश भए तापनि भुटानबाट हामीले पर्यटन प्रवद्र्धनका सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ । नेपालजस्तै हिमाली र भू–परिवेष्ठित देश हो, भुटान । निश्चय नै भूगोल र जनसंख्याको आधारमा भुटान नेपालभन्दा सानो भए तापनि के–कसरी धेरैभन्दा धेरै गुणस्तरीय विदेशी पर्यटक भित्र्याउन सकिन्छ ? त्यसका लागि के–कस्तो खालको पर्यटन नीति, नियम, ऐन, कानुन आदि बनाउन उपयुक्त हुन्छ ? भन्ने सन्दर्भमा भन्ने हो भने नेपालले भुटानबाट धेरै नै सिक्न सक्छ ।

किनभने, हाल भुटान र नेपाल सरकारको पर्यटन सम्बन्धी सरकारी नीति, नियम, ऐन, कानुनहरूमा आकाश–जमनिको फरक देखिन्छ । किनभने भुटान सरकारले आफ्नाे देशमा केवल विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वार–ह्वार्ती प्रवेश गराएउँदैन । यसरी हेर्दा भुटान सरकारले नेपाल सरकारले जस्तो गुणस्तर नहेरी जस्तो पायो त्यस्तो विदेशी पर्यटकलाई ह्वार–ह्वार्ती आफ्नाे देशमा प्रवेशाज्ञा दिँदैन । यसले के देखाउँछ भने, भुटान सरकारको ध्यान आफ्नाे देशमा आउने विदशेी पर्यटकको संख्या थोरै नै होस्, तर, ती विदेशी पर्यटक गुणस्तरीय (धेरैभन्दा धेरै खर्च गर्न सक्ने लक्जरी-डिलक्स्) नै होस्, भन्नेमा निकै ध्यान दिएको देखिन्छ ।

हुन पनि भुटान सरकाको मातहतमा रहेको पर्यटनसम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टिसिबी) ले प्रकाशित गरेको भुटान सरकारको पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने के प्रष्ट हुन्छ भने कनै पनि विदेशी पर्यटकले भुटान छिर्नेबित्तिकै प्रतिव्यक्ति दैनिक दुईसय अमेरिकी डलर खर्च गर्नै पर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न टे«किङ, साइट सिन, जंगल सफारी, कल्चरल टुर, साईक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरेर पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टिसिबीले प्रतिव्यक्ति प्रतिदिन खर्चको सीमा तोकिदिएको छ ।

जस्तो कि अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेब्रुअरी, जुन, जुलाई, अगस्ट र डिसेम्बर) मा प्रतिव्यक्ति प्रतिदिन दुईसय अमेरिकी डलरमा प्याकेज बुक गर्नुपर्छ भने, पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) प्रतिव्यक्ति प्रतिदिन दुईसय ५० अमेरिकी डलरमा बुक गर्नुपर्छ ।

त्यो पनि पर्यटकहरू भुटानमा रहँदा तीन तारे होटलमा बस्ने हो भने । अन्यथा चार तारे वा पाँच तारे होटलमा बस्ने हो भने त्यस्ता पर्यटकले अतिरिक्त प्रिमियम तिर्नु पर्ने भनी टिसिबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको छ । मुख्य कुरो यसरी भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा तीनजना हुनै पर्ने नियम पनि राखेको छ, भुटान सरकारले ।

त्यसो त भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक दुईसय र दईसय पचास अमेरिकी डलर (सिजन अनुसार) मध्ये ६५ अमेरिकी डलर ‘दिगो किासका लागि पर्यटन’ कार्यक्रमका लागि सरकारले ट्रेकिङ-ट्राभल अपरेटरहरूबाट कटौती गर्छ । सो रकम निःशुल्क शिक्षा, निःशुल्क स्वस्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च हुन्छ । हुन त भुटान भ्रमणमा आउने विदेशी पर्यटकले प्रति व्यक्ति प्रति दिन दुईसय र दुईसय ५० अमेरिकी डलर (सिजन अनुसार) तिरेपछि उनीहरूको खान्ते पिन्तेको खर्चसमेत भुटान रहुञ्जेल (व्यक्तिगत आवश्यक्त बाहेक) ट्रेकिङ-ट्राभल कम्पनीले व्यहोर्छ । त्यस्तै, भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरू पनि दिएको देखिन्छ ।

जस्तो कि पाँच वर्षभन्दा कम उमेरको लालाबाला भए भिसा चार्ज ४० अमेरिकी डलर मात्रै बाँकी सम्पूर्ण खर्च निःशुल्क, पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट, विद्यालय-विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्म भएको भए डेली प्याकेजमा २५ प्रतिशत छुट, ११ जनाको समूह भए डेली प्याकेजमा एकजनालाई ५० प्रतिशत छुट, १६ जनाभन्दा माथिको समूह भए डेली प्याकेजमा सत प्रतिशत छुट, आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टीमा ५० प्रतिशत छुट, १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई सत प्रतिशत रोयल्टी छुट आदिको व्यवस्था गरेको देखिन्छ ।

उता भुटान भ्रमणमा आउने विदेशी पर्यटक मध्ये ५८.७६ प्रतिशत ट्राभल÷टुर अपरेटरमार्फत बुक भएर आउने गरेको देखिन्छ भने भुटान आएका पर्यटकमध्ये ८३.८४ प्रतिशतको उद्देश्य बिदा मनाउने रहेको देखिन्छ । तर, भुटान आउने पर्यटकको बसाइ भने कम अर्थात् प्रतिदिन प्रतिपर्यटक ६.३५ दिन मात्रै बस्ने गरेको देखिन्छ भने उनीहरू बिना गाईड आफुखुसी हिँड्न-डुल्न पाउँदैनन् ।

हुन त नेपालमा भएको भए नेपाल आउने पर्यटकले गर्ने दैनिक खर्चको सीमा तोकिएको र बिना गाईड हिँड्न पाइँदैन भन्ने सुन्नेबित्तिकै कतिपय पर्यटकहरू एयरपोर्टबाटै फर्कन्थे होलान् ! जे होस्, एउटा रोचक कुरो के छ भने भुटान जाने अधिकांश अर्थात् लगभग २५ प्रतिशत विदेशी पर्यटक नेपाल भएर जानेहरू छन् । जस्तो कि सन् २०१३ मा भुटान भ्रमणमा गएका कुल एक लाख ६० हजार विदेशी पर्यटकमध्ये ३४ हजार नेपाल भएर गएका थिए भने सन् २०१४ मा भुटान गएका कुल एक लाख ३० हजार पर्यटकमध्ये ३९ हजार विदेशी पर्यटक नेपाल भएर गएका थिए ।

त्यस्तै, सन् २०१८ मा २ लाख ७४ हजार ७९ जना विदेशी पर्यटकले भुटान भ्रमण गरेको देखिन्छ । जुन सन् २०१७ को भन्दा ७. ६१ प्रतिशतले बढी हो । स्मरणीय छ, सन् २०१७ मा २ लाख ५४ हजार ७ सय ४ जना विदेशी पर्यटकले भुटान भ्रमण गरेका थिए ।
पुछारमा

भुटान सरकाको मातहतमा रहेको पर्यटनसम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टिसिबी) ले प्रकाशित गरेको (आफ्नो वेबसाईटमा राखेको) आधिकारिक र प्रामाणिक भुटानी टे«किङ÷गाइडहरूको सूची हेर्दा संयोगले दुई जना डाक्टरहरू (उनीहरू बिरामी जाँच्ने मेडिकल डाक्टर नभएर सायद विद्यावारिधि गरेका विषयगत डाक्टरहरू होलान्) डाक्टर कर्मा वाङचुक र डाक्टर नोर्बु वाङचुक पनि छन् ।

त्यस्तै उक्त सूचीमा नेपाली मूलका गाइडहरूको नामसूची पनि लामै देखिन्छ भने केही हदसम्म महिलाहरूको पनि ठीकठीकैको सूची देखिन्छ । खासगरी, यो पंक्तिकारलाई भुटानी गाइडहरूको नामसूची सम्बन्धमा किन पनि उल्लेख गर्न मन लाग्यो भने, नेपालमा ट्रेकिङ-टुर गाइडहरूको मान सम्मान र इज्जत भरियाको जत्ति पनि छैन भन्दा फरक नपर्ला ! हुन त नेपालमा को लाइसेन्सवाला गाइड ? को बिना लाइसेन्स्वाला गाइड ? नियमन गर्ने आधिकारिक निकाय नै छैन !

कहिलेकाही एमाले निकट मजदुर संगठन युनिट्राभलले कतैकतै गाइडहरूको लाइसेन्स् चेक गर्ने गरेको देखिए तापनि लाइसेन्सवाला गाइडहरू कतिपय अवस्थामा चेक गर्ने ठाउँमा आफ्नाे लाइसेन्स अरूलाई देखाउन दिएर आफू बाध्यतावस भरिया भएर हिँंड्नुपर्ने (आफ्नो लाइसेन्स अरूले नै आफ्नो लाइसेन्स् हो भनी देखाएर हिँंड्ने गरेको) दुरूह अवस्था पनि नेपालमा विद्यमान छ । त्यसो त कतिपय लाइसेन्सवाला ट्रेकिङ गाइडहरूमा पनि मानवीय कमी कमजोरीहरू छन् नै । जे होस्, विगतदेखि नै (हालसम्म पनि) नेपालका टुर÷ट्रेकिङ गाइडहरूको आर्थिक अवस्था कमजोर नै छ । किनभने, नेपालमा मौसमी रूपमा मात्रै टे«किङ÷टुरमा काम पाइन्छ, दोस्रो भनेको यहाँ दैनिक ज्याला पनि धेरै कम छ ।

खासमा नेपालका ट्रेकिङ-टुर कम्पनीहरू र टुर-ट्रेकिङ गाइडहरूलाई पनि उनीहरूले तालिम गर्दा पाएको ग्रेड, विषयगत ज्ञान, भाषागत ज्ञान, वरिष्ठता र क्लाइन्ट-गेस्टको कमेन्ट-रेकोमेन्डको आधारमा तलब, भत्ता र दैनिक ज्याला कम्पनीले दिनुपर्ने भनी नेपाल सरकारले तोक्नुपर्ने देखिन्छ । त्यसो गर्न सके नेपालका नेपाली ट्रेकिङ-टुर गाइडहरू पनि अन्तर्राष्ट्रियस्तरको बन्न सक्छन् । अहिले त कस्तोसम्म देखिन्छ भने, केही ट्रेकिङ-टुर कम्पनीहरू बाहेक अधिकांश टुर-ट्रेकिङ कम्पनीहरूले एकजना बाटो देखेको मान्छेलाई भरियामा पठायो अनि आफन्त र नाता–गोतालाईचाहिँ गाइड बनाएर पठाउने नराम्रो प्रचलन धेरै अघिदेखि चल्दै आएको छ ।

यस्तो भएपछि साँचो अर्थमा नेपालको भूगोल, नेपाली जनताका जीवनस्तर, नेपालका हिमाल, नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह, जैविक विविधता, वनजंगल, खोलानाला, जडीबुटी, सरिसृप, उभयचर, जलचर आदिका बारे बुभ्mन चाहने विदेशी पर्यटकहरूले कमभन्दा कम जानकारी पाउँछ । अरू त अरू आपूm वास बसेको ठाउँमा बिहान कति बजे घाम झुल्कन्छ ? बेलुकी कति बजे अस्ताउँछ ?आफ्नाे आँखै अगाडिको हिमालको नाम के हो ? भन्नेसमेत थाहा नभएकाहरू पनि ट्रेकिङ गाइड बनेर÷भएर गएको यो पंक्तिकार स्वयंले धेरै ठाउँमा, धेरैपटक देखेको÷भेटेको छ । जस्तो केही वर्षअघि अक्टोबर सिजनमा एबिसी-एमबिसीमा एकजना यस्तै ट्रेकिङ गाइड भेटिएको थियो । उनले बेलुकीको खाना (डिनर) पछि आप्mनो क्लाइन्ट-गेस्टलाई ब्रिफिङ दिँदै भन्यो, ‘यहाँ बिहान ६ बजे नै घाम झुल्किन्छ । त्यसैले, ५ बजे नै उठेर एबिसी जानू । म चाहिँ एबिसी जान्न !’

जबकि, माछापुच्छ्र्रे हिमालले घाम छेक्ने भएकोले एमबिसीमा बिहानको लगभग १० बजे मात्रै घाम झुल्कन्छ, अक्टोबर सिजनमा । उसको क्लाइन्ट सुत्न गएपछि मैले ती गाइड भनाउँदोलाई भने, हेर भाइ, यहाँ बिहान १०-१०ः३० तिर मात्रै घाम लाग्छ । तिमीले त बिहान ६ बजे नै घाम झुल्किन्छ भन्यौ, के पारा हो ? … ! ए … दाइ, म गाइड गर्न सक्दिन भन्दा पनि समथिङ बेच्ने दाइले जबरजस्ती पठायो । मारे उसैलाई गएर मार्छ नि ! मलाई के मतलब …. ।

जे जस्तो भए तापनि भविष्यमा भुटानलगायतका देशहरूमा झैं गर्वका साथ डाक्टरहरू समेतले टुर÷ट्रेकिङ गाइड गरेर खान सकून्÷बाँच्न सकून् । यही कामना !

प्रतिक्रिया