घुँडाको शल्यक्रिया गर्दा मृत्यु, अस्पतालमा नाराबाजी

काठमाडौँ । विराटनगर– ४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा घुँडाको शल्यक्रिया गर्न आएका एक व्यक्तिको मृत्यु भएको छ । त्यो घटना भएपछि विराटनगरको नोबेल मेडिकल कलेज तनावग्रस्त भएको छ । सुनसरीको दुहबी नगरपालिका– ६ का ५० वर्षीय अनिलकुमार शाह शुक्रबार घुँडाको शल्यक्रिया गर्न अस्पतालमा भर्ना भएका थिए ।

मोटरसाइकलको स्ट्याण्ड लगाउने क्रममा एकसाता अघि घरमा लडेका उनको बाँया खुट्टामा चोट लागेको थियो । चोट लागेपछि नोबेल मेडिकल कजेल आएका शाहलाई ब्यान्डेज गरेर शुक्रबार थप जाँचका लागि आउन भनेर डाक्टरहरुले घर फर्काएका थिए । शाहको आफन्तका अनुसार शुक्रबार अस्पताल भर्ना भएका उनलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भनिएको थियो ।

घुँडाको सामान्य अप्रेशन गर्न उनिहरु तयार भएका थिए । तर, अप्रेशनपछि वार्डमा नलगेर उनलाई सघन उपचार कक्ष (आईसीयू) मा लगिएको र आफन्तलाई भेट्न नदिई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको आफन्तले बताएका छन् । चिकित्सकले लापारबाही गरेकाले उनीहरुलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

प्रतिक्रिया