सफलताका लागि आवश्यक ‘उत्साह’

जीवनमा असफलताले नै सफलताको बाटो तय गर्छ । सानो बच्चाहरू पनि सुरु सुरुमा हिँड्न खोज्दा कैयौँ पटक लडी लडी हिँड्न सफल हुन्छ । यदि मान्छे हिड्ने कोसिसै नगरेको भए आज मान्छे जमिनमै नै हुन्थ्यो । यस्तै, जीवनमा असफलताका बावजुद पनि फेरी उठ्ने कोशिस गरेर सफलताको लागि तयार हुनुपर्छ । जीवनमा केही नया गर्ने सोच छ भने असफलताको लागि झुक्ने हैन फेरि उठेर सफलताको लागि नया उमंग भर्नुपर्छ ।

जीवनमा उत्साहित भइरहन एक कठिन काम हो तर असम्भव भने छैन, यदि तपाईंले उत्साहको स्रोत पहिचान गर्न सक्नु भयो भने तपाईंको असफलताले तपाईंलाई हराउन, हताश बनाउन सक्दैन, असफलता बाट तपाईंले केहि पाठ सिक्नु हुन्छ । जुन दिन तपाईंले अरूको लक्ष्य पूरा गर्नमा मद्दत गर्नु हुन्छ स्वतः तपाईंको लक्ष्य पनि पूरा हुँदै जानेछ ।

यदि तपाईंको कम्पनीको लक्ष्य पूरा भको छैन भने आफ्नो कर्मचारीको लक्ष्य पूरा गर्नमा मद्दत गर्नुहोस्, स्वत तपाईंको कम्पनीको लक्ष्य पूरा हुनेछ । हर कोही सफलतम व्यक्तिको जीवनीवाट एउटा समान चिज पाईंन्छन् त्यो हो ठूलो असफलतापछिको सफलता । त्यसैले असफलताका बावजुद पनि गुमाउनु नहुने चिज उत्साह ।
यहि उत्साहलाई जोगाइराख्ने कुरामाथि ध्यान दिऔँ ।

जीवनमा उत्साहित भइरहन एक कठिन काम हो तर, असम्भव भने छैन, यदि तपाइँले उत्साहको स्रोत पहिचान गर्न सक्नुभयो भने तपाईंंको असफलताले तपाईंंलाई हराउन, हताश बनाउन सक्दैन, असफलताबाट तपार्ईंले केही पाठ सिक्नु हुन्छ । जुन दिन तपाईंले अरूको लक्ष्य पूरा गर्नमा मद्दत गर्न हुन्छ स्वतः तपार्इंको लक्ष्य पनि पूरा हुदै जानेछ 

आफ्नो लक्ष्य पहिचान गर्नुहोस् । आफ्नो लक्ष्यदेखि बिचलित नहुनुहोस् । आफ्नो लक्ष्यसँग सम्बन्धित व्यक्तिको आसपास रहनुहोस् जसले मार्गदर्शन पनि दिन सकोस् । सानो–सानो असफलताले दुःखी तुल्याउँछ भने सानो–सानो सफलतामा खुसी मनाउनुहोस् । आफ्नो लक्ष्यसँग सम्बन्धित व्यक्तिको लक्ष्य पूरा गर्नमा सहयोग गर्नुहोस् । अरूको तुलनामा आफूलाई कमजोर नसम्झनु होस् । वेला–वेलामा मोटिभेसनल ट्रेनिङ प्रोग्रामहरू लिँदै गर्नुहोस् र उत्प्रेरणा मुलक किताब पढ्ने गर्नुहोस् ।

सफलताको सूत्र
आजको २१आँै शताब्दीमा प्रत्येक मानिस आर्थिक, सामाजिक अनि आध्यात्मिक रूपमा सफल बन्न चाहन्छ, सूचना प्रविधिको विकासले हर मानव जातिको आफ्नो काम काजीलाई निकै सहज पारििदएको छ । त्यस्तै, आजको प्रतिस्पर्धी समयमा हर कोही आफ्नो लक्ष्यसम्म पुग्न केही जान्न र सिक्न चाहन्छन् । तपाईंको लक्ष्यसम्म पुग्नको लागि केही सबल र सफल सूत्रहरू उल्लेख गरिएको छ, विश्वास छ यी सूत्रहरूले तपाईंको जिवनमा सकारात्मक परिणाम ल्याउनेछ आउनुहोस् यी सूत्रहरूसँग आत्मसात गरौ ।

१) आफ्नो सम्भावनाको पहिचान ( Realize Your Potential)

कुनै पनि सफल कामको लागि यो जान्नु जरुरी छ कि त्यो चिजसम्म पुग्नको लागि आफूसँग त्यस प्रकारको सामथ्र्य छ या छैन । उदाहरणः यदि, सफल गायक बन्नु छ भने प्राथमिक स्वर र लगाव छ कि छैन । कुनै पनि छेत्रमा सफल बन्न आफूसँग कुन प्रकारको प्राथमिक खुबी छ त्यसको पहिचान गरी अगाडि बढ्नुहोस् ।

२) पछाडि नहेराैँ (DonÚt look back) 
कुनै पनि व्यक्तिले भूतमा अवश्य नै असफलता भोगेको हुन्छ नै त्यही असफलताबाट सिकी अगाडि बढ्नुहोस् न कि पुरानै असफलतामा अड्की बस्ने । असफलता नै सफलताको खुड्किलो हो । यस परिस्थितिलाई नयाँ प्याराडाइमले सोच्नुहोस् ।

३) सपना देख्ने साहस गरौँ ।
जीवनमा उच्चतम सफलता पाउन सपना देख्न जरुरी छ । संसारमा सपना देख्नेले नै उच्चतम सफलता हासिल गरेका छन् । जस्तै ः बिल गेट्स, स्टिब जब्स, जेफ बेजोस, अनिल शाह, विनोद चौधरी आदि । ठूलो सपना देख्ने आककट गर्नुहोस्

४) व्यावसायिक योजना (Business Plan)

सर्वप्रथम एक व्यवसायिक योजना तयार गर्नुहोस् जसमा वस्तु र बजारको विश्लेषणलगायत त्यसको आय–व्ययको प्रष्ट लिखित योजना तयार गर्नुहोस् ताकि लगानीकर्ताले सजिलै बुझ्न सकून् ।

५) आत्मसुझाब, समर्थन
मोहम्मद अलि महान् मुक्केवाज खेलाडी उनले खेल खेल्नु अगाडि ‘म सर्वश्रेष्ठ खेलाडी हु, म सर्वश्रेष्ठ छु’ भनेर आफूलाई तयार गर्थे । जब तपाईं जीवनमा थाक्नु हुन्छ जोरले यो वाक्यलाई भन्नुहोस् ‘म गर्न सक्छु , म महान सफल व्यक्ति हु’ यो वाक्य दैनिक ऐना अगाडि बिहान बेलुका भन्नुहोस् यसो गर्नाले तपाईंमा आत्मविश्वास बढेर जानेछ, अनि तपाईंको सफल जीवनको ग्राफ पनि उकालो लाग्नेछ ।

६) कहिल्यै हार नखानुस्
काममा सफलता पाउन निरन्तर काममा जुटिरहनु पर्दछ । थोमस एडिसनले बल्बको आविष्कार गर्दा ९९९ पटकसम्म प्रयोग जारी गर्नुपरेको थियो । अतः आफ्नो काममा कठिनाइ आईपर्दा छोड्ने हैन समालोचनात्मक ढंगले अगाडि बढ्नुहोस् ।

७) वरिपरीको वातावरण परिवर्तन गर्नुहोस् । (Change your Circumstance)

तपाईंको आफनो वरिपरिको साथीभाइको संगत परिवर्तन गर्नुहोस् । तपाईंको लक्ष्यसँग सम्बन्धित वातावरण तयार गर्नुहोस् जस्तो साथीभाइ, पत्रपत्रिका, उत्प्ररणामूलक किताब आदिको बानी बसाल्नुहोस् ।

८) जिम्मेवार स्वीकार (Accept Responsibility)
तपाईंको सफलता वा असफलता जिम्मेवारको भागीदार हुनुहोस्् । यसो गर्नाले तपाईंको कमी कमजोर थाहा पाईंन्छ जसको कारणले तपाईंलाई फेरि अगाडि बढ्न थप मद्दत पुग्नेछ ।

९) सिक्नको लागि सधैँ तयार हुनुहोस् । ( Keep Learning)

एकपटक थोमस एडिसनलाई एक पत्रकारले उनको अन्तर्वाता लिँदा ‘तपाईं ९९९ पटक असफलका बाबजुद पनि सफलता हासिल गर्नुको कारण ? उनी जवाफ दिन्छन् ‘कहा म असफल भएको हो र मैले ९९९ तरिका पो पत्ता लगाएको बल्ब नबल्ने । उनी सधैँ आफ्नो काममा सिकिरहेकै खुलासा गरेका थिए । तपाईं पनि सधै केही न केही सिकने र जान्ने दृष्टिकोण बनाइ रहनुहोस्् ।

१० अभिप्रेरित रहनुहोस् (Stay Motivate)

जब ठूलो लक्ष्यको लागि अगाडि बढ्दै गर्दा अभिप्रेरित रहिरहन आवश्यक रहन्छ । आत्मविश्वास र हिम्मत बढाउने ट्रेनिड़ सेमिनार, पुस्तक, फिल्म हेर्नुहोस् पढ्नुहोस् लिनुहोस् ।

प्रतिक्रिया