म जेल जान तयार छु: प्रियङ्का गान्धी

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले आँफू जेल जान तयार रहेको बताएकी छन् । गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् ।

‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,’ उनले ट्विटरमा लेखेकी छन् । गान्धीले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छन् । आँफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ ।

प्रतिक्रिया