गाउँपालिका अध्यक्षको जन्मदिनमा अनाथ बालबालिकालाई सहयाेग

सुर्खेत । चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले आफ्नो जन्मदिन शुक्रबार अनाथ बालबालिकासँग मनाएका छन् । अध्यक्ष शाहीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि आफ्नो जन्म दिनको अवसरमा १५ जना टुहरा बालबालिकालाई एक सरो कपडासँगै शैक्षिक सामाग्री उपहार दिएका छन् ।

उनले जन्म दिनमा उपहार लिनु भन्दा दिने चलनको विकास गर्नका लागि चौकुनेको सिद्देश्वरी माध्यमिक विद्यालय गुटुका टुहुरा बाल बालबालिकासँग जन्म दिन मनाएको बताए । सिद्देश्वरी माविका टुहुरा बालबालिकाका लागि गाउँपालिकाको सहयोगमा आवासीय अध्ययन अध्यापनको व्यवस्थापन गरिएको उनले बताए ।

हिजोआज विभिन्न माध्यमबाट सुख, दुख बाट्न चाहने जुनसुकैले ती अनाथ बालबालिकाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्न सक्ने छन् । विद्यालयमा आमाबुवा नभएका विपन्न असहाय तथा गरिबका छोराछोरीको निशुल्क अध्ययनको व्यवस्था मिलाईएको छ । गरिव असाहय ती बालबालिकालाई मनकारी, धनकारी समुदाय तथा व्यक्तिबाट समेत सहयोगको अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया