प्रहरी नै बलत्कारका आरोपी

रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा एक प्रहरीलाई पक्राउ गरेको छ । २० वर्षीया एक युवतीलाई बलत्कार गरेको जाहेरी पीडितको दिदीले दिएपछि प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कवित कटवालले जानकारी दिए ।

बारा जिल्ला महागढीमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई गत ३१ असारमा चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेस्ट हाउसको ३ सय ६ नम्बरको कोठामा २० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको कटवालले जानकारी दिए । पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबर्जस्ति करणी गरेको आरोपमा पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको डिएसपी कटवालले जानकारी दिए ।

प्रतिक्रिया