जिप दुर्घटनामा दुईको मृत्यु

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकामा शुक्रबार बिहान यात्रुबहाक जिप दुर्घटनामा परेको छ । उक्त जिप दुर्घटनाका घाइतेहरूको उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको पहल र केन्द्र सरकारको सहयोगमा सो हेलिकप्टरबाट घाइते ११ जनाको उद्धार गरिएको हो ।

कर्णाली करिडोरअन्र्तगत बाजुराको पिलुचौरदेखि जितेगडाका लागि छुटेको क१ज २१ नम्बरको जिप जगन्नाथ गाउँपालिकाको झप्रला नजिकै दुर्घटना हँुदा कैलाली टीकापुरका २६ वर्षीय चालक रमेशबहादुर बोगटी र मुगुको खत्याड गाउँपालिका–६ का ३० वर्षीय रामबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान बाजुराको पिलुचौरबाट कालिकोटको जितेगडाका लागि छुटेको सो जिपमा १८ जना यात्रु सवार रहेको र जसमध्ये १२ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको र अन्य ६ जना सामान्य अवस्थामा रहेको बताइको छ । गम्भीर अवस्थाका घाइतेमा मुगुको खत्याड गाउँपालिका–६ का राजेन्द्रबहादुर शाही, महेन्द्रबहादुर शाही, रमेशबहादुर शाही, मनकृष्ण उपाध्याय बाजुराको हिमाली गाउँपालिका–४ का लालवीर चदारा र जगन्नाथ गाउँपालिका–५ का टक्क विकको अवस्था गम्भीर रहेको जगन्नाथ गाउँपालिकाका प्रवक्ता डवल विकले जानकारी दिएका छन् । घाइतेहरूको जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीले प्राथमिक उपचार गरेका थिए । जिप सडकभन्दा ६ मिटर तल खसेको थियो ।

प्रतिक्रिया