वीर अस्पतालमा प्रभु बैंकको क्यास काउन्टर

काठमाडौं । प्रभु बैंक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबीच भएको सम्झौताअनुसार साउन ३ गतेदेखि काठमाडौं महाबौद्धस्थित वीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउन्टर सञ्चालनमा आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपकुलपति प्राडा. देवनारायण साहले एक समारोहका बीच उक्त काउन्टरको उद्घाटन गरे ।

वीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउन्टरमा उपचारको लागि आउने सेवाग्राहीहरूले चौबिसै घण्टा वीर अस्पतालमा बुझाउनुपर्ने जुनसुकै रकम विना झन्झट जम्मा गर्न पाउनेछन् ।

प्रतिक्रिया