सिटिजन लाइफको बिमा शुल्क सय करोड नाघ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७५/०७६ मा प्रथम बिमा शुल्क १ सय करोड भन्दा बढी संकलन गर्न सफल भएको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक दीपप्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोश्रो वर्षमा नै एक सय करोडभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको व्यवसायिक विकास एवं समुन्नतिसँगै कर्मचारीको वृत्ति विकास हुँदै जानुका साथै यस वर्षको उपलब्धिले थप उर्जा प्रदान गरेको र आगामी वर्ष योभन्दा अझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले आगामी वर्ष नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति लिई कम्पनीले ७५ करोडको सेयर सर्वसाधारणलाई जारी गर्ने बताए । कम्पनीले नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयहरूमा समेत विभिन्न कार्यक्रम गरी यस सफलताको खुसियाली मनाएको छ ।

प्रतिक्रिया