खेल-खेलाडी

मनाङको पोस्टमा गोलवर्षासहित बिग्रेड फाइनलमा

सौर्य अनलाइन २०७६ साउन ३ गते ७:२२ मा प्रकाशित

ललितपुर । ब्रिगेड ब्वाइज क्लब ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमामनाङ मस्र्याङ्दी क्लबको पोस्टमा सात गोल गर्दै ब्रिगेड ब्वाइज उपाधिनजिक पुगेको हो । बिग्रेडले मनाङ्लाई ७–१ ले पराजित गरेको थियो ।

मनाङको जितमा रेजिन सुब्बाले ह्याट्रिक गरे भने शिशिर लेखीले दुई गोल गरेका थिए । ब्रिजेश चौधरी र जय गुरुङले पनि एक एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको मनाङले दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको १५औँ मिनेटमा शिशिर लेखीको गोलबाट ब्रिगेड ब्वाइजले अग्रता बनाएको थियो । तर १० मिनेटपछि नै मनाङ सचिन गुरुङको गोलमार्फत खेलमा फर्कियो ।

३०औँ मिनेटमा रेजिन सुब्बाले गोल गर्दै ब्रिगेड ब्वाइजलाई पुनः अग्रता दिलाए । पहिलो हाफ २–१ को स्थितिमा सकियो । दोस्रो हाफको ५४औँ मिनेटमा शिशिर लेखीले दोस्रो गोल गरे । त्यसपछि ६६औँ मिनेटमा जय गुरुङले गोल गरेपछि ब्रिगेड ब्वाइजले ४–१ को अग्रता लियो । ७१औँ मिनेटमा रेजिन सुब्बाले ब्यक्तिगत दोस्रो गोल गर्दा ब्रिगेड ब्वाइजले ५–१ को अग्रता लियो ।

८३औँ मिनेटमा ब्रिजेश चौधरीले गोल गर्दा ब्रिगेड ब्वाइजले ६–१ को अग्रता लियो । ब्रिगेड ब्वाइज यतिमा रोकिएन । ८८औँ मिनेटमा रेजिन सुब्बाले ह्याट्रिक पूरा गर्दा ब्रिगेड ब्वाइज ७–१ को शानदार जितसँगै फाइनलमा स्थान बनाउन सफल भयो । दोस्रो सेमिफाइनलमा पुलिसले जावलाखेल युथ क्लबलाई ३–१ ले हरायो । नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई हराउँदा सन्जु सेनले दुई गोल गरे ।

खेलको २८औँ मिनेटमा सन्जुले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । ४४औँ मिनेटमा जावलाखेलका कप्तान शीर्षक भक्त श्रेष्ठले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा र्पुयाए । तर, पहिलो हाफकै अतिरिक्त समयमा सन्जुले दोस्रो गोल गरेपछि पुलिसले २–१ को अग्रता लियो । ८९औँ मिनेटमा रवीन राईले गोल गर्दै पुलिसको फाइनलको यात्रा सुरक्षित बनाए । उपाधिका लागि आइतबार ब्रिगेड ब्वाइज र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय