एनसीसी बैंकद्वारा प्राविधिक शिक्षालयलाई सहयोग

काठमाडौं । एनसीसी बैंकले सानोठिमी प्राविधिक शिक्षालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले गत सोमबार शिक्षालयको हाताभित्र रहेको खुल्ला मंचमा ट्रष्ट र छाना निर्माणको लागी ५ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले युसेप नेपालका उपाध्यक्ष पूर्णभद्र पौडेललाई हस्तान्तरण गरे । शिक्षालय न्यूनतम् सुविधाविहीन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) द्वारा संचालन भइरहेको संस्था हो ।

प्रतिक्रिया