एभरेस्ट बैंक र ब्लु क्रस अस्पतालबीच साझेदारी

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले ग्राहकहरूलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लु क्रस अस्पतालसँग साझेदारी गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल बहुविशेषता भएको, तृतीयस्तरको स्वास्थ्य सेवा केन्द्र हो । जसको हाल ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको छ । एभरेस्ट बैंक र ब्लु क्रस अस्पतालबीचको एमओयूअनुसार ग्राहकहरूले विभिन्न सेवाहरूमा आकर्षक छुट पाउँनेछन् ।

ग्राहकहरूले एभरेस्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । एभरेस्ट बैंकले हाल ९४ वटा शाखाहरू, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया