हिमालयन बैंकको सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई ५ लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ । ग्रामीण क्षेत्रका सामुदायिक/सरकारी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न विषयहरूको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउनको लागि सो सहयोग गरेको हो ।

टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ६ जिल्लाका ६७ वटा विद्यालयमा दुई सय ७० जना स्वयंसेवक शिक्षकहरू पठाई ३० हजारभन्दा बढी विद्यार्थीहरूलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरू पढाएको छ । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरे ।

हिमालयन बैंकले आफ्नो स्थापनाकालदेखि नै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरूका लागि, चेतनामूलक कार्यक्रमहरू आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया