शिवको तीज गीत ‘क्या दामी’

काठमाडौं । गायक शिव देवकोटा र देवी घर्तीको आवाज रहेको ‘क्या दामी देखियौ’ बोलको तीज गीत बजारमा आएको छ । गीतमा देवकोटाकै शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा मोडल पुजन घिमिरे र रमेश थापाको अभिनय छ । शिव विकले कोरियोग्राफी गरेको भिडियोलाई शम्भु चालिसेले छायांकन गरेका छन् । थली, डाँछीस्थित माउन्ट एभरेस्ट माविका प्रिन्सिपल समेत रहेका गायक देवकोटाले गतवष पनि तीज गीत सार्वजनिक गरको जानकारी दिए । एस थ्रिके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो । उनका तिजबाहेक २५ भन्दा बढी गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया