गीतमा सिन्धुपाल्चोक

काठमाडौं । पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने लक्ष्य राखेर सिञ्न्धुपाल्चोक चिनाउने गीति वृत्तचित्र सार्वजनिक गरिएको छ । ‘पर्यटन वर्ष २०२०’ लाई लक्षित गरी सिन्धुपाल्चोकमा धेरै पर्यटक भित्र्याउने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको हो । ओखरेनी साप्ताहिकले निर्माण गरेको उक्त वृत्तचित्र ‘जय जन्मभूमि जय सिन्धुभूमि’ मा गायक तथा संगीतकार प्रेमध्वज प्रधानका साथै चन्द्रसिं घले र मिना सिंहको स्वर रहेको छ ।

सञ्चारकर्मी किशोर बुढाथोकीको शब्द रहेको उक्त गीति वृत्तचित्रमा चन्द्रसिंले संगीत भरेका छन् । सन्तोष दाहालको ड्रोनमा मिलन शंकरले छायांकन तथा निर्देशनमा उक्त गीति भिडियो बनेको हो । सिन्धुपाल्चोक जिल्लाका विभिन्न जातजाति तथा उनीहरूको संस्कृति झल्काउने स्थानलाई भिडियोमा प्रस्तुत गरिएको छ । प्राकृतिक सौन्दर्य तथा जातीय पहिचान र संस्कृतिलाई समावेश गरिएको भिडियोका दृश्यमा शेर्पा, तामाङ, नेवार, घलेलगायतका विभिन्न जनजातिका संस्कृति देखाइएको छ ।

प्रतिक्रिया