काठमाडौँ । लोकदोहोरी गायिका कला लम्सालको तिज कोसेली ‘पातली’ गीत सार्वजनिक भएको छ । गीतकार शिव हमालको शब्द तथा संगीत रहेको उक्त गीतमा गायिका लम्सालको आवाज रहेकोछ भने कोरस आवाजमा उनलाई गायिका द्वय शान्ति सुनार र सुशिला गौतमले साथ दिएका छन् ।
राग स्टुडियोमा रेकर्ड गरिएको गीतलाई आशिष अविरलले संगीत संयोजन गरेका हुन् । सोही गीतको भिडियोमा गायिका लम्साल र मोडेल करिश्मा ढकालले अभिनय गरेका छन् । प्रकाश भट्टले निर्देशन गरेको उक्त भिडियो राजेश घिमिरेले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् ।
साई भिजन प्रालिको दृश्य निर्माण रहेको भिडियो गायिका लम्सालको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रत्यक बर्षको तिजमा नछुटाई गीत बजारमा ल्याई राख्ने गायिका कलाले यस बर्ष पनि परम्परागतका रुपमा मानिदै आएको तिजलाई बिशेष लक्षित गरेर मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कोसेली स्वरुप ल्याएको जानकारी दिइन् ।
प्रतिक्रिया