काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले धुलो दूध जस्तै अवस्थ खसीबोका नेपाल ल्याउन नदिने बताएका छन । दुग्ध बिकास संस्थानको स्वर्णमहोत्सवमा बोल्दै मन्त्री खनालले ३० प्रतिशत खसी नपुगेर केही नहुने भन्दै अस्वस्थ्य खसी ल्याउन नदिने बताएका हुन । उनले धने भने, ‘स्वास्थका हिसाबले पनि त्यो त्यति उपयुक्त होइन । बरु अलि कम खाने स्वस्थ खाने बानी गर्नु पर्छ ।’
साँथै उनले डिडिसीलाइ अझै राम्रो बनाउन सकिने बताए । दूधको क्षेत्रमा ५० वर्षको अनुभव थोरै नभएको बताउदै उनले अझै पनि राम्रो सँग सोचेर कमजोरी केलाउनु पर्ने बताए । उनले भने, ‘जे पर्छ म व्यहोर्छु भनेर पाउडर दूध रोकेको हो । उद्योग, व्यापारी, उपभोक्ता कसैलाई पनि मारमा परिन्न तर उपभोक्तालाई धोका दिन सकिन्न ।’
उनले डिडिसीले नाफा कमाउदा कसैलाई मारमा पारेर होइन । गुणस्तरीय र सस्तो उत्पादन गरेर नाफा कमाउनु पर्ने बताए । चर्को प्रतिस्पर्धाको बजार भएपनि उत्पादन र गुणस्तरमा प्रतिस्पर्धा गर्न सकिने उनले बताए । उनले भने, ‘प्रतिस्पर्धामा जाने संस्था घाटामा जान्न, प्रतिस्पर्धा गर्न नसके संस्था बन्द गर्नुस ।’
डिडिसी सरकारी संस्था भएकोले गुणस्तरीय, सस्तो, भरपर्दो र विश्वसनीय पनि हुनु पर्नेमा उनको जोड थियो । ब्रान्ड र प्याकेजिङ गर्दा त्यतातिर ध्यान दिन उनले निर्देशन दिए । झोल दूध आयात गरिने तर धुलो दूध आयात खुला नगरिने उनको अडान छ । कर्मचारी युनियनले बिदेशी पाउडरमा रोक लगाएर स्वदेशी दूधलाइ डम्पिङ हुनबाट रोकेको भन्दै मन्त्रीको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया