शितलको ‘चौतारी’ सार्वजनिक

काठमाडौँ । सञ्चार माध्यमसँगै कलाकारितामा फड्को मारेकी उद्घोषिका तथा गायिका शितल शर्माको ‘चौतारी’ नामक तिज गीत सार्वजनिक भएको छ । गायक द्वय बैकुण्ठ महतको शब्द सृजना तथा खुमन अधिकारीको संगीत रहेको उक्त गीत गायिका शर्माले एकल आवाजमा गाएकी छन् ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीत कृष्ण बिक भान्जाले संगीत संयोजन गरेका छन् । त्यस्तै निर्देशक शंकर बिसिको निर्देशनमा तयार पारिएको सोही गीतको भिडियोमा मेरी बास्सैबाट चिनिएकी हाँस्यकलाकार निरु खड्का (निर्मली), किशोर निरौला र दिविशा शर्माको अभिनय छ ।

मधुर बस्नेतद्वारा छायांकन गरिएको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका छन् । गायिका शितलको आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

आउँदै गरेको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरिएर बजारमा ल्याएको गीतमा परम्परागत लोप हुँदै जान थालेको वरपीपलको चौतारीलाई आधार बनाएर मौलिक शब्द समावेश गरेको गायिका शितालले जानकारी दिइन् । पछिल्लो समय तिजका गीतमा आउन थालेका अश्लिल दृश्य तथा उछ्रिखंल शब्दलाईसमेत यस गीतले ध्यानाकर्षण गराउने उनले दाबी गरिन् ।

प्रतिक्रिया