घटेन बाणिज्य बैंकको भिड

कालीकोट । कालीकोट जिल्लामा रहेको राष्ट्रिय वाणिज्य बैकमा सेवा ग्राहीको घुइँचो हुने गरेको छ । स्थानीय तहहरूमा बैकका शाखाहरू गएपनि राष्ट्रिय बाणिज्य बैकमा असार मसान्त होस् या जुनसुकै समयमा पनि सेवा ग्राहीको घुइँचो हुने गरेको बैकका प्रमुख जय प्रकास बरालले बताए । असार मसान्तको बेला योजनाहरूको भुक्तानी दिन गाउँपालिका र नगरपालिकाहरूले सेवाग्राहीलाई भुक्तानी दिन तप्पर भएपनी सोचेजति काम गर्न नसेको  जय प्रकाश बरालले बताए ।  राष्ट्रिय बाणिज्य बैक तथा कालीकोटमा अन्य बैकहरूमा नेपाल टेलिकमको टावरले राम्रो काम नगर्दा इन्टरनेट सेवा मार्फत काम हुने हुँदा बाणिज्य बैकका सेवाहरू प्रभावित बनेको छन् बरालको जानकारी दिए ।

इन्टरसेवा सुचारूमा समस्या भएपनी सेवाग्राहीको कामलाई मध्यनजर गदै काम गरिरहेको बैककमा कर्मचारी लक्ष्मण न्यौपानेले बताए । असार मसान्तको बेला एक दिनमा ४÷५ करोड भन्दा माथि नगद रकम बैकबाट गइरहेको न्योपानेले बताएका छन् । निजीस्तरमा सञ्चालनमा आएका बैकहरूमा सेवाग्राहीहरू छैनन् , कामको चटारो पनी छैन तर हामीहरू दिनभर देखि साँझसम्म सेवाग्राहीको काम गर्नमा तप्पर रही काम गरिरहेको लक्ष्मण न्यौपानेले जानकारी गराए । इन्टरनेट सेवाले राम्रो काम नगर्दा भने सेवा ग्राहीहरूलाई ढिलासुस्ती हुने गरेको छ ।

दुरसञ्चार कार्यालय कालीकोटका प्रमुख प्रेमबहादुर विष्टले टेलिकमको टावरमा पावर नपुग्दा इन्टरनेट सेवा र फोन सेवामा केही समस्या देखिएको बताए । अब तत्काल दक्ष प्राविधिक ल्याई सबै समानहरूको चेकजाँच गर्ने उनले बताए । विष्टका अनुसार नेपाल टेलिकमका सेवा ग्राहीको संख्यामा वृद्धि भएकाले पनि यो समस्या देखिएको हो । शुभकालिका गाउँपालिका भर्तामा रहेको टावरमा खराबी आएकाले फोन सेवा र इन्टरनेट सेवामा केही अवरोध आएको विष्टले जानकारी दिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया